Home / Feature Breaking news / व्यक्तिगत लागतमा गाउँमा मोटर बाटो स्थानीय खुशी

व्यक्तिगत लागतमा गाउँमा मोटर बाटो स्थानीय खुशी

शिवराज खनाल
दाङ,१४ मंसिर । सल्यानको कपुरकोट गाउँपालिका–५मा ब्यक्तिगत लगानीमा मोटर बाटो निर्माण गरिदिएका छन् । व्यक्तिगत लगातमा ६ मिटर चौडाई रहेको करिव दुई किलो मिटर बाटो निर्माण गरिदिएपछि सल्यानको साबिक रीम गाविसका आधा दर्जन बढी गाउँका स्थानीयलाई सहज भएपछि स्थानीय खुशी भएका छन्।

सडक खुलेसंगै सितलपुरहुँदै ¥याले, छापटोला, ओखरपाटा, मेलचौर, जामुनेलगायतका गाउँवासीलाई हिडडुलसँगै गाउँमै गाडी पुग्ने भएको छ । जसले गर्दा स्थानीयलाई सामग्री पिठ्यू वा काँधमा बोकेर गोरेटो बाटो हुँदै ओकाली ओराली हिड्नुपर्ने बाध्यता हटेको जामुने निवासी सम्झना बुढाथोकीले बताएकी छिन । ‘केही सामग्री किन्नुपर्दा होस वा घरमा उत्पादन भएको बेच्नुपर्दा होस बोकेर लैजानु पर्ने बाध्यता रहेको थियो’–उनले भनिन्–‘अव गाउँमै गाडी आउने भएपछि त्यो समस्या हटेको छ ।’

बुढाथोकी जस्तै खुशी छिन ¥याली निवासी नुमा गिरी पनि । बर्षौसम्म घरका लागि आवश्यक सामग्री होस वा अन्य सामग्रीहरु बोकेर ल्याउँने गरेकी उनी घर आगनमै गाडी चल्ने भएपनि दुखका दिन सकिएको बताइन । ‘हामीलाई अव भारी बोकेर पैदल हिड्न्पर्ने छैन, गाउँमै गाडी आउने भएको छ’–उनले भनिन्–‘ गाडी नचल्दा निकै सास्ती भोगेका थियौ, अव गाडी नै आउने भएपछि दु.खका दिन हट्नेछन् ।’

स्थानीयको अनुहारमा खुशी ल्याउने काम गरेका हुन बर्षाैदेखि गाउँको विकासका लागि एकराज वलीले । उनले आफ्नो व्यक्तिगत लगानीमा बाटो निर्माण गरिदिएका हुन् । तरुणदल सल्यान क्षेत्र नं.२ का सभापती समेत रहेका वलीले गाउँको विकासदेखि विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छन । पारिवारिक अबस्था सामन्य रहेका वली एक दृढ क्षमता र फराकिलो मन भएका व्यक्ति हुन ।

उनले आपैmले कमाएको पैसाको केही अंश छुट्याएर एक्लै बाटो निर्माण गरिदिएका हुन् । स्थानीयसँग पटक पटक बाटो निर्माणका लागि पहल गरिदिन आग्रह गर्दा पनि सुनुवाई नभएपछि उनले आफ्नो व्यक्तिगत लागतमा बाटो निर्माणको काम गरेका हुन ।

उनले निर्माण गरेको बाटोको शनिवार नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले उद्घाटन गरेका छन् । सडकको उद्घाटन गर्दै प्रमुख अतिथि रेग्मीले स्थानिय सरकारले गर्न नसकेको काम एक युवाले गरेको भन्दै वलीको प्रशंसा गरेका थिए । उनले स्थानीय जनताको समस्या बुझेर काम गर्न समेत स्थानीय सरकारहरुलाई आग्रह गरेका थिए ।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि खड्क केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्ने अधिकाँस बक्ताले बिकासप्रेमी युवा नेता वलीको कामको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मानबहादुर डाँगी, नेपाली काँग्रेस सल्यानका सचिब प्रकाश भण्डारी, सहसचिब सन्तोष सेन वली, सदस्यहरु कमानसिँह डाँगी, लोकराज आचार्य, कमल घर्ती, नेबि सँघ जिल्ला उपाध्यक्ष प्रेम नारायण बिक, तरुणदल क्षत्र नम्बर २ का सभापती एकराज वली, तरुणदलका कपुरकोट गाउँपालिका सभापती कुबेर खत्री, तरुणदल क्षत्र नम्बर २ का उप सभापती सन्तोष बुढाथोकी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

नेपाली काँग्रेस कपुरकोट गाउँपालिका–५ का सभापती टिकाराम केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस कपुरकोट गाउँपालिकाका प्रबक्ता यज्ञ बोहोराले गरेका थिए । गाउँमा पहिलो पटक गाउँ लगेर जाने ३ जना गाडी चालकहरुलाई फुल माला र अबिरले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*