Home / Feature Breaking news / स्थानीयको विरोधपछि सडक ग्राभेल

स्थानीयको विरोधपछि सडक ग्राभेल

दाङ,१ साउन । घोराही उपमहानगरपालिका वडा नं. ९ को ढिकपुर चोकदेखि चैनपुर चोकसम्मको करिब ३ सय मिटर सडक ग्राभेल गरिएको छ ।

बर्षादसँगै गाउँमा सडक हिलाम्य भएको भन्दै सडक बन्द गरेर स्थानीय विरोध गरेपछि वडा कार्यालयले सडक ग्राभेल गर्ने सहमति गरेको थियो । बर्षातमा सडक हिलाम्मे हुदा सवारी आवागमन तथा पैदल यात्रुहरुलाई समस्या भएपछि केही दिन पहिले स्थानीयहरुले आन्दोलनस्वरुप सडक अवरुद्ध गरेका थिए ।

घोराही उपमहानगरपालिकाको विपद व्यवस्थापन कोषबाट सो सडकमा ग्राभेल गरिएको घोराही उपमहानगरपालिका वडा नं. ९ कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*