Home / Feature Breaking news / न्यायिक समितिमा २७ उजुरी दर्ता

न्यायिक समितिमा २७ उजुरी दर्ता

दाङ,१ साउन । शान्तिनगर गाउँपालिकामा रहेको न्यायिक समितिमा गतआर्थिक बर्ष २०७५–७६ मा २७ वटा मात्र उजुरी दर्ता भएका छन । एक बर्षको अवधिमा २७ वटा उजुरी दर्ता भएको नायब सुब्बा मेघलाल भुसालले जानकारी दिए ।

जसमा पारिवारिक झगडा ४ र सम्बन्ध बिच्छेद सम्वन्धी ३ वटा परेका छन । त्यस्तै आपसी विवाद ५ वटा र गालीगलौज २ र कुटपिट २ र बहुबिबाह १ वटा दर्ता भएका छन ।

त्यस्तै आर्थिक लेनदेन १ वटा, कुलोपानी १ वटा, धनमाल १ वटा र खानलगाउन नदिएको १ वटा गरि जम्मा २७ ओटा उजुरी दर्ता भएको भुषालले जानकारी दिए । दर्ता भएका उजुरी मध्य ११ ओटा मिलापत्र भएका छन ।
बाँकी १० वटा उजुरीहरु सम्बन्धित निकायमा सिफारिस भएको छन । भने ६ वटा उजुरीहरुमा मिलापत्र हुन नसकेको भुसालले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*