दाङ,३ असोज । देउखुरीको जंगलमा एक जना महिलाको शव फेला परेको छ ।
देउखुरीको लमही नगरपालिका वडा नं. ७ उचा निम्बु सामुदायिक वनमा अन्दाजी ३५÷३६ बर्ष देखिने महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।
उनका अनुसार मृतक महिलाको पहिचान खुलेको छैन । घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।