Home / Feature Breaking news / बलात्कार विरुद्ध घोराहीमा किशोरीहरुको प्रदर्शन (फोटो फिचर)

बलात्कार विरुद्ध घोराहीमा किशोरीहरुको प्रदर्शन (फोटो फिचर)

दाङ,२२ कार्तिक । बलात्कारलगायतका सम्पूर्ण महिला हिंसाको विरोध गर्दै शनिवार घोराहीको तुलसीपुरचोकमा किशोरीहरुले प्रदर्शन गरेका छन् ।

देशभर हुने गरेका बलात्कारलगायतका महिला हिंसाहरुको विरोध गर्दै शनिवार देशभर एकै समयमा कालो कपडा लगाएर किशोरीहरुले महिला हिंसा विरुद्ध प्रदर्शन गरेका छन् ।

कालो ड्रेस, आखाँ र मुखमा पट्टी बाधेर पीडक पितृसत्ता र बलात्कारको विरुद्धमा आफुहरुलो प्रदर्शन गरेको ज्योतिष्ना गौतमले बताइन ।

उनले चिलीबाट सुरु भएको अभियान अहिले नेपाललगायत विश्वका विभिन्न देशमा भैरहेको समेत बताएकी थिइन । प्रदर्शनमा उत्रिएका किशोरीहरुले बलात्कार कहिलेसम्म हामी चुप जहिलेसम्म, पितृ सत्ताको नियमले हामलाई सधै अन्याय गर्छ, अझै कति सहने, मेरो दोष कसरी, हामी चुप कहिले सम्म, स्टोप रेपजस्ता नारा लेखिएका प्ले कार्डहरु बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*