Home / Feature Breaking news / कांग्रेस निर्वाचन : क्षेत्र नं. २ मा दुवै पक्षद्धारा उम्मेदवारी घोषणा

कांग्रेस निर्वाचन : क्षेत्र नं. २ मा दुवै पक्षद्धारा उम्मेदवारी घोषणा

दाङ,२८ कार्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै चुनावी महोल तातिएको छ । देश संघीय संरचनामा गएसँगै नयाँ संरचनामा पहिलो पटक हुन थालेको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा दुई समूह भिड्न थालेका छन् । सस्थापन पक्ष र सस्थापनइतर दुवै समूहले छुट्टा समूह बनाएर उम्मेद्धवारी घोषणा गरेर चुनाव प्रचार–प्रसारलाई समेत तीव्रता दिएका छन् ।

जसअन्तर्गत गएको बुधवार सस्थापनइतरको समूहबाट संघीय क्षेत्र नं. २ को सभापतिमा कांग्रेस नेता चित्रबहादुर डाँगी ‘निर्मल’ र प्रदेश सभा ख का सभापति अभियान बस्नेतले उम्मेदवारी घोषणा गरेका थिए । यसअघि नै क्षेत्रीय सभापति र एउटा मात्र प्रदेशसभा सभापतिमा उम्मेदवारी घोषणा गरेको उक्त टिमको तर्फबाट आइतवार प्रदेशसभा क्षेत्र नं. क को सभापतिमा दुर्गा जिएमले उमेद्वारी घोषणा गरेका छन् ।

संघीय निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा उम्मेदवारी घोषणा गरेका चित्रबहादुर डाँगी ‘निर्मल’को टिमबाट क्षेत्रीय सचिवमा आर.के. शीतल र सन्तोष योगीले उम्मेदवारी घोषणा गरेका छन् भने सहसचिवमा शिव घिमिरे र प्रमोद पोख्रेल रहेका छन । त्यस्तै प्रदेश क्षेत्र २ क को सभापतिमा उम्मेदवारी घोषणा गरेका दुर्गा जिएमको टिमबाट उपसभापतिमा बलबहादुर वली, सचिवमा माया पोख्रेल र प्रकाश पाण्डे, सहसचिवमा माधव चौधरी र विकास जिसीले उमेद्वारी घोषणा गरे ।

त्यस्तै क्षेत्र नम्बर २ ख को सभापतिमा उम्मेदवारी घोषणा गरेका अभियान बस्नेतको टिमबाट उपसभापतिमा गोविन्द दाहाल र विष्णुकुमार देवकोटा, सचिवमा नोखिराम केसी र शिवराज बस्नेत, सहचिवमा लौटन चौधरी र जयभोला परियार निर्वाचनमा उठ्न थालेकी छिन । उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू अनिता देवकोटा, विरकेश्वरी गौतम, भोजराज पाण्डे, खगराज पाण्डे, किरणकिशोर घिमिरे, कमलकिशोर घिमिरे, हरि रजौरिया, गिरिराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस जिल्ला सदस्य कमलबहादुर वलीले गरेका थिए ।

त्यसैगरी शनिवार सस्थापन पक्षबाट संघीय निर्वाचन क्षेत्र नं. २को सभापतिमा भीमप्रकाश खड्कासहित प्रदेशसभा क को सभापतिमा प्रकाश श्रेष्ठ र प्रदेशसभा ख को सभापतिमा लालबहादुर गिरीले उम्मेदवारी घोषणा गरेका थिए । नेपालीको प्रदेशसभा निर्वाचन मंसिर ३ गते र संघीय निर्वाचन क्षेत्र अन्तर्गत मंसिर ६ गते निर्वाचन हुन थालेको छ । उम्मेदवारी घोषणासँगै दुवै समूह निर्वाचनको प्रचार प्रसारलाई तिव्रता दिएका छन् । निर्वाचन क्षेत्र नं. २ दुवै पक्षद्धारा उम्मेदवारी घोषणा गरेपनि निर्वाचन क्षेत्र नं. २ र ३ मा भने अझै उम्मेदवारी घोषणा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*