घोराही, ३ साउन
राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले स्थापना भएको २८ बर्षको अवधीमा पहिलो पटक स्थापना दिवश मनाएको छ । समितिले आफ्नो पहिलो स्थापना दिवश रक्तदान कार्यक्रम गरेर मनाएको हो ।
आफ्नो २८ औँ स्थापना दिवशमा समितिले एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम गरेको हो । जसमा जनाले ३२ जनाले रक्तदान गरेका छन् ।
जसमा गौरव आचार्य, ईन्दीरा वली, सावित्री चन्द, शिवराज गोराथोकी, एच.पि चन्द, सन्तोष हमाल, प्रेमबहादुर सुनार, बसन्त डाँगी, हिराबहादुर के.सी, मिनराज महतरा, बेगम पुन मगर, विक्रम आचार्य, रविन्द्र बुढा मगर, राज पुन मगर, भुपेन्द्र वली, विपिन सुनार, सुरज बुढाथोकी, पूर्णप्रसाद अधिकारी, अम्मर बुढाथोकी, सुरेश सुवेदी, विरेन्द्र न्यौपाने, अनुहरि रंगरेजले रक्तदान गर्नुभएको थियो । यस्तै बलबहादुर योगी, मेगबहादुर रोका, राजकुमारी योगी, बुद्धिनाथ योगी, पार्वती सुनार, सागर केसी रेग्मी, कृष्ण नेपाली, विष्णु वली, मोहन खड्का, मनोज बि.क लगायतले रक्तदान गनुभएको थियो ।

समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाको अध्यक्षता एवं समितिका पूर्व अध्यक्ष धुव्रराज श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समितिले स्थापना भएको २८ बर्षमा पहिलो पटक स्थापना दिवश मनाएको वर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए । व्यवसायिक हकहितकालागी काम गर्दैे आएको समितिले सामाजिक कार्यमा जोडिएकोमा यसलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

कार्यक्रममा समितिका पूर्व अध्यक्षहरु भुपाल रावत, मिनराज वली, सल्लाहकार श्याम सुवेदी, नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतल, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, शिखर ईन्स्योरेन्स लुम्बिनी प्रदेशका क्षेत्रिय नायव प्रबन्धक रविकिरण के.सी, रक्त सञ्चार केन्द्र घोराहीका ठाकुर पौडेल, आईसर कम्पनीका नारायण बञ्जाडे लगायतले शुभाकामना मन्तव्य राख्नुभएको थियो ।
समितिका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समितिका प्रशासनिक सहसचिव गौरव आचार्यले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh