Home / Feature Breaking news / नेपालमा अक्सिजनको अभाव हुँदैन : सरकार

नेपालमा अक्सिजनको अभाव हुँदैन : सरकार

काठमाडौं । सरकारले नेपालमा अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको हो ।

हाल नेपालमा रहेका अक्सिजन प्लान्टबाट उप्पादित २० प्रतिशत अक्सिजनमात्रै खपत भइरहेको सरकारको दाबी छ । भएका प्लान्टलाई पूर्ण क्षमतामा चलाएको अवस्थामा अस्पतालमा अक्सिजन अभाव नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताए ।

उनले अक्सिजनको सिलिण्डर भने अभाव हुनसक्ने भन्दै ५० हजार सिलिण्डर ल्याउने निर्णय भएको र त्यसमध्ये तत्काल फाष्ट ट्रयाक विधिबाट २० हजार सिलिन्डर ल्याउने मन्त्रिपरिषदले निर्णय गरेको मन्त्री ठगुन्नाले जानकारी दिए ।  यसका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकिएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगहरु अर्को सूचना नआउँदासम्मका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।

देशभरका प्रत्येक अस्पतालमा बेड थप गर्ने निर्णय बैठकले गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*