Home / Feature Breaking news / अल्लोका सामाग्री निर्माण गर्न महिलाहरु संघमा आवद्ध

अल्लोका सामाग्री निर्माण गर्न महिलाहरु संघमा आवद्ध

अमरराज आचार्य
दाङ, १५ कार्तिक
घोराही क्षेत्रमा अल्लो धागोवाट सामाग्री निर्माण गर्ने महिलाहरु एकतावद्ध भएका छन् । ए्कतावद्ध सँगै सामुहिक रुपमा कार्य समेत गर्ने थालेका छन् ।

उनीहरुलाई जापानीज सामाजिक विकास कोष प्रदत द्धन्द्ध प्रभावितका लागि वजार परियोजना मार्फत एक्तावद्ध गरी दंगाली अल्लो उत्पादन संघ घोराहीमा स्थापना समेत गरीएको छ । उक्त संघमा ७ वटा समुह आवद्ध रहेका छन् ।

संघ मार्फत अल्लोवाट निर्माण गरीएका सामाग्री साझा सुविधा केन्द्र मार्फत विक्री गरीने भएको छ भने सामुहिक रुपमा सामाग्री समेत निर्माण गर्ने छन् ।

साझा सुविधा केन्द्र स्थापना भए पछि परम्परागत रुपमा गदै आएको काम लाई आधुनिकरण गर्ने सहज हुने संघका अध्यक्ष सरिता विकले बताईन् । उनले भनिन‘ हातले वुन्ने गर्ने गरेका थियौ अव मेसिनवाट वुन्ने छौ’ ।

आफुहरुले अल्लोको धागोवाट झोला, कोट, पर्स, जुता, आउटर जस्ता सामाग्री उत्पादन गर्ने गरेको बताइन । अध्यक्ष विकाका अनुसार ७ समुहका १ सय १६ जना महिलाहरुले रोजगार समेत प्राप्त गर्ने छन् ।

सीप भएका तर आफनो उद्योग तथा व्यवसाय नभएकालाई सहज हुने बताईन । सुरु सुरुमा घर परिवारवाट सामुहिक काम गर्ने हुदै भने पनि पछिल्लो समयमा सामुहिक कार्य गर्ने घर परिवारको सहयोग हुने गरेको अध्यक्ष विकले बताइन । उनले भनिन ‘ अहिले महिलाहरुले मासिक १० देखि १५ हजार सम्म कमाउने गरेका छन्’ ।

समय खेर फाल्नु भन्दा केही आर्थिक आर्य आजनमा सहभागि हुनु पर्दछ भन्ने भावना महिलाहरुमा वढदै गएको उनको भनाई रहेको छ । सडेर गएको वस्तुलाई सदुप्रयोग गरेर सामाग्री निर्माण गरीएको संघका सचिव प्रभा वलीले जानकारी दिइन ।

उनले सवै महिलाहरु एकै स्थानमा भएर काम गर्दा सहज हुने समेत बताईन । उनले भनिन‘ एकलै काम गर्दा सवै काम आफै गर्नु पर्दछ तर सामुहिक काम गर्दा सवै काम आफै गर्नु नपर्ने हुन्छ’ ।

काम गर्दा सवै मिलेर गर्ने भएकाले सहज हुने बताइन । उनले भनिन‘ समुहमा काम गर्दा सामाजिक भावनाको विकास हुने र एकले अर्काले सहयोग आदान प्रदान समेत हुन्छ’ ।

सामुहिक रुपमा काम गर्दा उत्पादन हुने सामाग्रीमा समेत लागत कम हुनेछ । जसले गर्दा सामाग्रीको मुल्य समेत कम हुने छ ।

उनले भनिन‘ सामुहिक काम गर्दा लागतमा करिव २० प्रतिशत कम हुन्छ’ । साझा सुविधा केन्द्रमा महिलाहरु लगानी गर्न नपर्ने आएर काम गरे हुने बताइन् ।

जसले गर्दा सिप भएका तर लगानी गर्नेका लागि रकम नभएकालागि समेत सहयोग मिल्ने बताइन । गरिवी निवारण कोषको सहयोग तथा जन उत्थान समाज विकास केन्द्रको सहयोगमा निर्माण गरीएको हो ।

साझा सुविधा केन्द्रको मंगलवार घोराही उपमहानगरपालिका प्रमुख नरुलला चौधरीले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा वोल्दै नगरप्रमुख चौधरीले अल्लोको धागोवाट सामाग्रीहरुलाई जिल्लाको पहिचानको रुपमा अगाडि वढानउन आग्रह गरे ।

उनले समयको माग अनुसार सामाग्री निर्माण गर्ने आग्रह गरे । उनले भने ‘अहिले वजारको माग अनुसारमा प्रविधिको प्रयोग गरेर सामाग्री निर्माण गर्नुहोस’ । त्यसकालागि परम्परागत मात्र नभइ सिप सिकेर अगाडि वढनु हो ।

सिप प्रदान गर्नकालागि उप महानगरपालिका कार्यालयले सहयोग गर्ने समेत बताए । उनले श्रमको उचित प्रयोग गरेर स्वरोजगार वन्न सक्नु पर्ने बताए । जन उत्थान विकास केन्द्रका अध्यक्ष वलीभद्र रानाले संघलाई आर्थिक पार्दशिता वनाएर अगाडि वढन आग्रह गरे ।

आर्थिक प्रादशिता नहुदा समुहमा द्धन्द्ध हुने उनको भनाई रहेको छ । त्यस अवसरमा गरिवी निर्वारण कोष जिवीको पार्जन विषज्ञ कृष्णरमण अधिकारी, युन एफ पीएका राम थापा, लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय प्रवन्धक भिमवहादुर विष्ट, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन लगाएतकाले भनाई राखेका थिए ।

कार्यक्रम संघका अध्यक्ष सरिता विको अध्यक्षतामा भएको थियो । केन्द्रका कार्यकारी अधिकृत कुलवहादुर डाँगीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । संघका सविच प्रभा वलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण गणेश वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*