दाङ, १४ जेठ
दाङमा काेराेना (Covid-19) काे बिमा गर्नेहरू बढ्दै गएका छन् ।
बिमा गर्नेहरूकाे संख्या दैनिक बढ्दै गएकाे बिमा कम्पनीहरूले जानकारी दिएका छन् ।
यसै क्रममा घोराही-१५ मा रहेकाे बुद्ध हस्पिटल प्रालिले कर्मचारीहरूकाेलागी काेराेना बिमा गरेकाे छ ।
हस्पिटलका ७६ जना कर्मचारीहरूकाे एक लाखका दरले बिमा गरेकाे छ । शिखर इन्स्योरेन्स कम्पनीमा बिमा गरेकाे घाेराही शाखा प्रमुख रविकिरण के.सीले जानकारी दिनुभयाे ।