Home / Feature Breaking news / गुरुकुलमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

गुरुकुलमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

घोराही, ३ भदौ

दाङको घोराहीमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल एकेडेमीले आयोजनामा गरेको प्रतियोगितामा ३५ विद्यालयका ६३ जना सहभागीता भएका थिए ।

विद्यार्थिहरुमा शिक्षा मात्र नभई अन्य क्रियाकलापको सर्वागिंण विकासको लागि यो चित्रकला प्रतियोगिता गरीएको हो ।

शान्तिसंग सम्बन्धित शिर्षकमा आधारभुत तर्फ कक्षा ६ देखि ८ र मा.वितर्फ कक्षा ९ देखि १२ गरी दुई समुहमा प्रतियोगीता आयोजना गरिएको थियो । जसमा आधारभुत तर्फ विद्यानिल्कण्ठ बोडिङ स्कुलकी सुप्रिया चौधरी प्रथम, ज्ञानमाला एकेडेमीकी स्मारिका चौधरी द्धतिय र संकार पाठशालाकी सोयङका वली तृतिय हुनुभएको छ ।

त्यस्तै मा.वि तह अन्तरगत गोर्खा मा.वि तुलसपुरकी भुमिका वि.क प्रथम, तुल्सी आवासिय मा.विका विजय ओली द्धितिय र ज्योतिपुञ्ज बोडिङ स्कुलकी अभिञ्जा पोख्रेल तृतिय हुनुभएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने ३÷३ जनालाई पहिलो, दोस्रो र तेस्रोलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । गुरुकुल एकेडेमी विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डि.सीको अध्यक्ष एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संयोजक महेन्द्र पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले नतिजा सार्वजनिक गर्नुभएको थियो । प्रतियोगिताको संयोजक विशालमान श्रेष्ठको रहनुभएकोे थियो भने व्यवस्थापकमा शिक्षक इन्द्रप्रसाद पोख्रेलले गर्नुभएको थियो ।

कार्यक्रमको सहजिशरण शिक्षक विवेक देवकोटाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*