Home / Feature Breaking news / ट्राफिक कर्यालय दाङको परिसर कालोपत्रे

ट्राफिक कर्यालय दाङको परिसर कालोपत्रे

घाेराही, ३ माघ

जिल्ला ट्राफिक कर्यालय दाङको परिसर कालोपत्रे गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारकाे पहलमा कार्यालय परिसरमा सरसफाई गरिएकाे हाे ।

घोराही उपमहानगरपालिका र व्यवसायी सुरेश पोख्रेल लगायतकाे सहयाेगमा कार्यालयकाे सात सय बर्ग मिटर क्षेत्रफलमा कालोपत्र गरिएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनु भयो ।

इन्जिनियरलाई कालोपत्र गर्नका लागि इस्टिमेट गराउँदा करिब बाह्र लाख रुपैयाँ खर्च लाग्ने भएपछि प्रमुख परियारले घोराहीका विभिन्न दाताहरुको सहयोगमा शून्य लगानीमा कालोपत्रे गरिएकने उहाँले जानकारी दिनुभयाे ।

कार्यालय परिसरमा हिलाे र धुलाेकाे समस्यालाई दीर्घकालीन समाधानको लागि सबैकाे सहयोगमा कालाेपत्रे गरिएकाे उहाँले बताउनुभयाे । सहयाेगी सम्पूर्णमा उहाँले धन्यवाद ज्ञापन गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*