Home / Feature Breaking news / भारतको धर्मशालामा दाङको सेनेटरी प्याड

भारतको धर्मशालामा दाङको सेनेटरी प्याड

घोराही, १२ फागुन

नेपाल महिला सामुदायिक सेवा केन्द्रले उत्पादन गरेको सेनेटी प्याड भारतमा पु¥याईएको छ ।

केन्द्रले घोराहीमा सञ्चालन गरेको महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडहरु भारतको हिमाञ्जल प्रदेशमा एक कार्यक्रमको आयोजना गरि सेटेटरी प्याड वितरण गरिएको हो ।

हिमाञ्जल प्रदेशको धर्मशालामा रहेको सत्यशाही विद्यालयका छात्राहरुलाई प्याड प्रदान गरिएको थियो । रोटरी क्लबले ती प्याडहरु वितरण गरेको हो ।

द ग्लोबल अप्लीफ्ट कार्यक्रमको माग अनुसार नेपाल महिला सामुदायिक सेजा केन्द्रले उत्पालन गरको ४ सय सेनेटरी प्याड भारत पठाईएको केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*