Home / Feature Breaking news / लायन्स क्लबका नयाँ सदस्यहरूलाई नेतृत्व विकास तालिम

लायन्स क्लबका नयाँ सदस्यहरूलाई नेतृत्व विकास तालिम

घोराही, २८ कार्तिक

लायन्स क्लब अफ घोराही सिटीले नया सदस्यहरूकालागी नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । क्लबको आयोजनामा घोराही( १३ बाह्रकुनेमा तालिम सम्पन्न भएको हो ।

लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष पवन योगीको अध्यक्षता र लायन्स क्लबका डिस्ट्रिक ३२५ एन का प्रथम भाईस गभर्नर एमजीएफ मुकुट ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेको योगदान महत्वपूर्ण भएको भन्दै सामाजिक कार्यलाई थप गर्न आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा लायन्स क्लबका एओजी युवराज थपलीया, एरिया चिफ तेजप्रसाद अधिकारी र ध्रुव गौतम, लायन्स क्लब अफ घोराही सिटीका संस्थापक अध्यक्ष तुलसीराम राना, पूर्व अध्यक्ष भोलानाथ अधिकारी, निवर्तमान अध्यक्ष ललित श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तालिमको प्रशिक्षकमा लायन्स क्लबका डिस्ट्रिक ३२५ एन का प्रथम भाईस गभर्नर एमजीएफ मुकुट ढकाल, लायन्स क्लब अफ घोराही सिटीका संस्थापक अध्यक्ष तुलसीराम राना, पूर्व अध्यक्ष भोलानाथ अधिकारी रहनुभएको थियो ।

कार्यक्रम संयोजक राजीव योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरणलायन्स क्लब घोराही सिटीका तृतीय उपाध्यक्ष सनत गिरी र क्लबका सचिव रविकिरण के।सीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*