Home / Feature Breaking news / व्यवसायीक हकहितकालागी मेरो उमेद्वारीः बुढाथोकी

व्यवसायीक हकहितकालागी मेरो उमेद्वारीः बुढाथोकी

राप्ती अञ्चलकै सबैभन्दा पुरानो व्यवसायी संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागी यही पुस २० गते निर्वाचन हुदै छ । अन्य पदमा सर्वसहमति भएपनि अध्यक्ष र कोषाध्यक्ष पदमा भने निर्वाचन हुदैछ । अध्यक्ष र कोषाध्यक्ष पदमा २÷२ जनाको उमेद्वारी परेको छ । अध्यक्षमा टंकसिहं बुढाथोकी र कोषाध्यक्षमा सुशील पोख्रेल नेपाली काग्रेस, नेकपा लगायत सर्वदलिय निर्णयबाट उमेद्वारी दिनुभएको छ । अध्यक्ष पदका साझा उमेद्वार टंकसिंह बुढाथोकीसँग गरिएको कुराकानीः

तपाईको उम्मेदवारी किन ?

व्यवसायिक क्षेत्रमा लामो समय देखि समस्याहरु रहँदै आएका छन् । व्यवसायिहरुले लामो समय देखि भोग्दै आएका विभिन्न चुनौतीहरु समाधानका लागी सबै ब्यवसायीहरु एक भएर लाग्नु पर्ने टड्कारो आवश्यक्ता छ । जब सम्म बिद्यमान व्यवसायिक चुनौतीहरु यथावतै रहिरहनेछन्, तव सम्म एउटा व्यवसायिले निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण हुने छैन ।

अतः व्यवसायिक क्षेत्रमा बिद्यमान तमाम समस्याहरुको समाधानका लागि मैले उद्योग वाणिज्य संघको उपाध्यक्षमा रहेर काम गर्दा पनि पहलकदमी लिँदै आएको जगजाहेर नै छ । व्यवसायिक समस्या समाधानका लागि मेरो नेतृत्व व्यवसायिक क्षेत्रले महशुस गर्यो र मलाई अध्यक्षको साझा उम्मेदवारका रुपमा उभ्यायो । मैले विशेषतः बिगत देखिनै उठान गर्दै आएको व्यवसायिक चुनौतीको समाधाननै मेरो प्रमुख लक्ष र उदेश्य हो । यसका लागि सबै व्यवसायिहरुका बिचमा एकता कायम गर्दै हामी सबैको हकहिकतका लागि नतृत्व लिनु मेरो उदेश्य हो ।

व्यवसायीक हकहितका लागि तपाईले गर्ने कार्यहरु बुँदागत रुपमा भनिदिनुस् न ?

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा कायम भएको छ । अब प्रदेश सरकारले बनाउने कानुनहरु व्यवसायमैत्री हुनुपर्छ । त्यसका लागि मैले नेतृत्व लिने छु ।

ताकी उक्त कानुन व्यवसायि मैत्री भयो भने जिल्लाका सबै व्यवसायिहरुलाई व्यवसाय सञ्चालनमा सहज होओस् । मिस म्याचको समस्या समाधानका लागि सहजिकरण गर्ने मेरो अर्को लक्ष हो । व्यवसायि, राजश्व कार्यालय र घरेलु उद्योग कार्यालय विच समय समयमा समस्या देखिँदै आएका छन् । यो समस्या समाधानका लागि मैले पहलकदमी लिने छु ।

बजारमा अव्यवस्थित रुपमा भैरहेको व्यापारलाई व्यवस्थापनका लागि मैले पहल गर्ने छु । यसका लागि विभिन्न सरोकार राख्ने निकाय तथा पक्षहरुसंग आवश्यक समन्वय गरेर अघि बढ्ने छु । ताकी सबै व्यवसायिहरुले उचित व्यवस्थापनका साथ व्यवसाय सञ्चालन गर्न पाउन् र बजार पनि थप व्यवस्थित बनोस् भन्ने मेरो चाहना हो ।

घोराहीमा औद्योगिक क्षेत्र स्थापनाको प्रकृया चलिरहेको छ । औद्योगिक क्षेत्र स्थापना गरेर सम्पूर्ण उद्योगीहरुलाई न्यायोचित हुने खालको यो महान कार्यलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्र स्थापनाको बाँकी काम पुरा गर्ने पनि मेरो लक्ष छ ।
नेपालगन्ज स्थित नाप तौल तथा गुणस्तर बिभागलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमै बोलाएर गुणस्तर मापन गर्दै आएको छ । यो गुणस्तर मापनलाई थप सहज बनाउनका लागि पहल लिने छु ।

तपाई उद्योग वाणिज्य संघको उपाध्यक्ष रहँदा के काम गर्नुभयो ?

मैले अघि पनि भने म पूर्ण रुपमा व्यवसायिको हकहितका लागि लड्दै आएको छु । साना तथा मझौला व्यवसाायिहरुले कर बुझाउनका लागि भोग्नु परेको समस्या हामीहरुले समाधान गर्यौँ । त्यसका लागि उद्योग वाणिज्य संघमै हेल्पडेस्क स्थापना गरेर यस्ता साना तथा मझौला व्यवसायिहरुलाई कर तिर्ने वातावरण निर्माण गर्यौँ । बजारमा बिद्यमान कालाबजारी नियन्त्रणका लागि मैले नै नेतृत्व लिएँ र यो जटिल समस्याको समाधान पनि केहि न केहि हद सम्म समाधान भयो । यसैगरि यहाँका स्थानीय व्यवसायिहरुलाई मर्का पार्नेगरि बाह्य झोले ब्यापारिहरु आउने गलत परिपाटीको बिकास भैरहेको थियो ।

यस्ता झोले व्यापारिहरुको ब्यापारलाई निरुत्साहित पारेर यहाँका स्थानीय व्यवसायिहरुको ब्यवसायलाई टेवा पुर्याउने कामको पनि नेतृत्व लिएँ । मैले यो पनि जानकारी गराऔँ, मेरै पहलमा यस्ता झोले ब्यापारीहरुलाई कारवाही गरिएको पनि छ । यसैगरि अहिले स्थायी राजधानी दाङले पाएको छ । स्थायी राजधानी दाङ घोषणाका लागि उद्योग वाणिज्य संघले राजधानी सरोकार समितिको नेतृत्व लियो । हामीहरु यसका लागि लड्दै आयौँ, सडकमा उत्रियौँ । फलतः अहिले राजधानी हामीले पायौँ, दाङले पाएको छ । स्थायी राजधानी घोषणा कागजी रुपमा भएपनि यसको भौतिक उपस्थिती कहिले होला भन्ने चिन्ता र चासोको बिषय बनेको छ । राजधानी घोषणाका लागि हामीहरुले जत्तिको संघर्ष गर्यौँ, यसको कार्यान्वयनका लागि पनि अहम भुमिका निर्वाह गर्नु जरुरी छ , अत ः स्थायी राजधानी कार्यान्वयनका लागि म सरोकार समितिको नेतृत्वमा रहेर ठोस पहल लिने छु ।

अध्यक्ष पदमा तपाईहरु बिचमै मतैक्यता देखिएन नि ?

जे भयो यो निकै दुखद् भयो । हामी व्यवसायिक एकताको कुरा जोडतोडले उठाउँछौँ तर एकले अर्कोलाई स्वीकार्न नसक्ने परिस्थती केहि साथीहरुबाट भयो । यसले सिंगो व्यवसाय क्षेत्रलाई नै दसखित तुल्याएको छ । अब यथार्थ कुरा के हो भने अहिलेको दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मतबाट चयन गर्ने भन्ने सहमती सबै बिचार धारा बोकेका व्यवसायिहरुबाट भएको हो । सो अनुरुप पद बाँडफाँडमा सहमती भयो । हामी प्रजातान्त्रीक विचार धारा बोकेका आकांक्षी साथीहरुबाट पनि एकले अर्कोलाई स्वीकारे जाने भन्ने सहमती भएको हो । प्रजातन्त्रीक उद्यमीसंघले गरेको सहमतीको कागजमा पनि एकले अर्कोलाई स्वीकार्ने अन्यथा कारवाही भोग्न तयार हुनेछु भन्ने कागजमा सही छाप मैले पनि गरेको छु, बसन्त जोशीले पनि गर्नुभएको छ । हाम्रो भागमा परेको अध्यक्ष लगाएतका सबै पदका उम्मेदवार टुंगो लगाउने जिम्मा प्रजातन्त्रीक उद्यमीसंगलाई थियो । र उसले मेरो नाम अध्यक्षका रुपमा निर्णय गर्यो । मेरो नाममा अन्य विचार धाराका व्यवसायि साथीहरुले पनि सहमती जनाउनु भयो, फलतः म सबैको साझा उम्मेदवार चुनिए । तर पछि बसन्त जीले आँफैले गरेको सहमतीको कागजको अवहेलना गर्नुभयो । उहाँले उम्मेदवारी दिनु भयो । यसमा सबैले बुझ्ने कुरा दोषी को हो भन्ने हो ? म प्रजातान्त्रीक उद्यमी संघबाट आधिकारीक उम्मेदवार चुनिए अनि सबैको साmा उम्मेदवार बने यसमा मेरो दोष कि बागीका रुपमा मेरा बिरुद्ध चुनावी मैदानमा उत्रिएका व्यक्ति दोषी ? यसर्थ सबै आम व्यवसायिहरुले यो कुरालाई मनन गर्नुहुने छ भन्ने पूर्ण रुपमा विश्वस्त छु । सबैमा मेरो अपिल पनि छ सर्व सम्मतीबाट साझा उम्मेदवारका रुपमा चुनिएको मलाई यहाँहरुले पूर्ण रुपमा साथ दिनु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*