Home / Feature Breaking news / व्यवसायीको माग बमोजिम कोषाध्यक्षमा दोहोरिदैछुः पोख्रेल

व्यवसायीको माग बमोजिम कोषाध्यक्षमा दोहोरिदैछुः पोख्रेल

राप्ती अञ्चलकै सबैभन्दा पुरानो व्यवसायी संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागी यही पुस २० गते निर्वाचन हुदै छ । अन्य पदमा सर्वसहमति भएपनि अध्यक्ष र कोषाध्यक्ष पदमा भने निर्वाचन हुदैछ । अध्यक्ष र कोषाध्यक्ष पदमा २÷२ जनाको उमेद्वारी परेको छ । अध्यक्षमा टंकसिहं बुढाथोकी र कोषाध्यक्षमा सुशील पोख्रेल नेपाली काग्रेस, नेकपा लगायत सर्वदलिय निर्णयबाट उमेद्वारी दिनुभएको छ । कोषाध्यक्ष पदका उमेद्वार सुशील पोख्रेलसँग गरिएको कुराकानीः

तपाईँको उम्मेदवारी किन ?

सबै भन्दा पहिला त म व्यवसायिक हकहितका लागि अनवरत रुपमा खटिँदै आएको व्यक्ति हुँ । उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्षमा रहेर उद्योग वाणिज्य संघमा आवद्ध भैसकेको मैले आफ्ना दुबै कार्यकालमा व्यवसायिक हकहितका निम्तीनै भुमिका निर्वाह गरेको छु । म कोषाध्यक्ष पदमै फेरी दोहोरिने तयारीमा छु ।

मेरो अहिलेको उम्मेदवारी पनि प्रमुखतः व्यवसायिक हकहितसंगै जोडिन्छ । व्यवसायीहरुका साझा चुनौतीलाई व्यवसायिक एकताबाटै समाधान गरिनु पर्छ र त्यो एकता कायम गरेर ति विद्यमान समस्या समाधान गर्न सक्ने सामथ्र्य म राख्दै आएको छु र राखिरहने पनि छु ।

संघको आर्थिक स्तर बृद्धि लगाएत अन्य नयाँ योजना केहि छन् ?

यहाँले राम्रो प्रश्न गर्नुभयो । तपाईलाई म कोषाध्यक्ष पदमा आसिन हुँदा उद्योग वाणिज्य संघमा कार्यरत कर्मचारीहरुले चार महिना देखि तलव सुविधा लिन पाएका थिएनन् । संघको आथिृक अवस्था सन्तोषजनक नहुनुनै यसको कारण थियो । अनि मैले संघको कोषलाई कसरी बृद्धि गर्न सकिन्छ ? र चार महिना देखि तलव सुविधा नपाएका कर्मचारीहरुलाई कसरी सुविधा दिन सकिन्छ ? भन्ने बारेमा होमवर्क थालेँ । आर्थिक आय र त्यसको पारदर्शिताका लागि पहल कदमी लिन थालेँ ।

उद्योग वाणिज्य संघको नेतृत्व संग निरन्तर यसबिषयमा समन्वय गरेँ । मेरो कार्यकालमा संघको कोषमा ७० लाख पैयाँ फिक्स डिपोजिट गर्न सफल भएँ । अनि व्यवससायिक सुरक्षा कोष,व्यवसायिक बिमा जस्ता महत्वपूर्ण कार्यहरु उद्योग वाणिज्य संघमा भए । यसर्थ अब मेरो योजना भनेको संघको आर्थिक कोषलाई ७० लाखमा बृद्धि गरेर डेढ करोड सम्म पुर्याउने लक्ष लिएको छु ।

यसैगरि व्यवसायिक हकहितका लागि खोलिएका बिमा तथा कोषको रकमलाई बढाएर व्यवसायिक सुरक्षाको रणनीति मैले बनाएको छु । यस अलावा दाङ औद्योगिक क्षेत्रको कार्य प्रारम्भ भैरहेकै छ । यसका लागि मेरो पहल कदमी यसलाई पूर्णताका लागि आवश्यक समन्वय र पहल पनि रहने छ ।

व्यवसायिीहरुका साझा समस्या बताईदिनुस् न ?

मुख्यतया सहज र सौहाद्र्र पूर्ण तरिकाले अहिले पनि व्यवसाय सञ्चालन गर्न सक्ने परिस्थती निर्माण भैसकेको छैन । सुरक्षा दृष्टिकोण सहित राज्यले व्यवसायिक सहयोग गर्न नसक्नु पनि कारण हो । एउटा व्यवसायिले सुरक्षित रुपले व्यवसाय गर्न सक्ने वातावरण निर्माणका लागि सरोकारवाला पक्षहरुसंग समन्वय गरेर अगाडी बढ्ने लक्ष मेरो छ ।

यसअलावा साना व्यवसायिहरुले स्वस्फूर्त रुपमा व्यवसाय सञ्चालन गर्न नपाईरहेको अवस्था छ । ति साना व्यवसायिहरुको व्यवसायलाई व्यवस्थापन अर्थात बजार व्यवस्थानको पाटोलाई कार्यान्वयन गर्न सकेमा साना व्यवसायियहरुको व्यवसाय पनि सञ्चालन हुने र बजार व्यवस्थापनको बाटो पनि सुदृढ हुन्छ । यस तर्फ अबको मेरो लक्ष रहने छ ।

यसैगरि व्यवसायिहरुलाई कर बुझाउनका लागि कर कार्यालयमा पुग्नु पर्ने अर्को समस्या बिद्यमान थियो, यो जटिलतालाई हामीहरुले सहज पारेका छौँ । उनिहरुले उद्योग वाणिज्य संघमै हेल्पडेस्क स्थापना गरेर कर बुझाउने परिपाटिको सुरुवात गर्यौँ, अँझ यसलाई थप व्यवस्थित कसरी वनाउन सकिन्छ ? भन्ने बिषयमा मेरो पहल रहने छ ।

तपाई एकताको कुरा त गर्नु भयो, तर अहिले त तपाईहरु बिचमै फूट जस्तो देखियो नि ?

केहि प्रबृत्तिहरु यस्ता पनि हुन्छन्, जसले संगठन भन्दा माथि आँफूलाई मात्रै देख्छन् । आज उहाँहरुले यो अर्घेल्याईँ नगरेको भए दशक पछि उद्योग वाणिज्य संघले सहमतीय आधारमा नेतृत्व पाउँथ्यो । तर व्यक्तिबादी खराव चिन्तनले यो ईतिहाँस कोर्ने अवसरबाट हामी बञ्चित हुनु पर्यो, जुन निकै दुखद बिषय हो । प्रजातान्त्रीक उद्यमीसंघले तोकेको म कोषाध्यक्षको आधिकारीक उम्मेदवार हो ।

यति मात्रै हैन अन्य बिचारधारा बोकेका सबै व्यवसायिहरुको साझा उम्मेदवार म बनेँ । तर साँघुरो मानसिकता बोकेका केहि ब्यक्तिहरुले सर्वसम्मत निर्णयलाई स्वीकार्न सकेनन् । फलतः म चुनावी प्रकृयामा होमिन पुगेँ । तर कुरा के हो भने मेरो बिपक्षमा उभिएका उहाँले विधी पद्धतिलाई तोडनु भएको छ । उहाँले आँफूलाई सर्वेसर्वा ठान्ने जुन काम गर्नु भयो यसले व्यवसायिक एकता रहेनछ भन्ने गलत प्रमाण आमजनमानस सम्म पुर्याईदिने गलत काम गर्नुभयो ।

तथापी आम मतदाताहरुले यो गलत कार्यलाई राम्ररी बुझ्नु हुने छ भन्ने मेरो विश्वास हो । साझा उम्मेदवार बनेर चुनावी मैदानमा होमिएको मलाई छोडेर बागीका रुपमा उभिएका अर्का उम्मेदवारको समर्थनमा मतदाताहरु पक्क लाग्नु हुने छैन । अतः मेरो विगतको कार्य, चुनावी अजेण्डालाई मतादाताहरुले बुझ्नु हुने छ । साथै सहयोगका लागि पनि सबै आम व्यवसायिहरुमा अपिल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*