घोराही, १९ पुस
दाङ जिल्ला उद्योग वाणिज्य संघको भोली हुने निर्वाचनमा साझा उमेद्वारहरुलाई मतदान गर्न राप्ती अञ्चल अटो ईञ्जीनियरिङ एशोसियनले सम्पूर्ण अटो व्यवसायीहरुमा अनुरोध गरेको छ ।
सर्वपक्षीय सर्वदलिय सहमतिमा उमेद्वार बनेका अध्यक्ष पदका उमेद्वार टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदका उमेद्वार एशोसियसनका पूर्व अध्यक्ष सुशील पोख्रेललाई मतदात गर्न सम्पूर्ण अटो व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
एशोसियसनको आज बसेको बैठकले अध्यक्षका उमेद्वार बुढाथोकी र कोषाध्यक्षका उमेद्वार यस संस्थाका पूर्व अध्यक्ष पोख्रेल नेतृत्वका सक्षम व्यक्तीत्व भएकाले दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा उनीहरुलाई पु¥याउनुपर्ने निर्णय गरेको एशोसियसनका महासचिव रत्न बञ्जाराले जानकारी दिनुभयो ।
बैठक राप्ती अञ्चल अटो ईञ्जीनियरिङ एशोसियनका अध्यक्ष टोपबहादुर कार्कीको अध्यक्षता र नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष यमप्रसाद भुषालको प्रमुख आतिथ्यमा बसेको थियो ।