Home / Feature Breaking news / एक महिनामा औद्योगिक क्षेत्र घोषणाः मुख्यमन्त्री पोख्रेल

एक महिनामा औद्योगिक क्षेत्र घोषणाः मुख्यमन्त्री पोख्रेल

दाङ, १८ पुस ।

लुम्विनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले घोराही उप महानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा हुने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १६ औ साधारण सभा तथा स्वर्ण जयन्तीको उद्घाटन गदै उनले औद्योगिक क्षेत्रकालागी दाङ जिल्ला उद्योग वाणिज्य संघले महत्वपुर्ण योग्दान गरेको भन्दै एक महिना भित्र घोषण हुने बताएका हुन् । सबै प्रक्रिया पुरा भएर मन्त्रि परिषद्मा फाइल पुगेको बताए ।

कार्यक्रममा बोल्दै पोख्रेलले लुम्विनी प्रदेशमा लगानी मैत्रि वातावरण रहेको बताएका छन् । लगानी मैत्रि बातावरण भएकाले ढुक्क भएर लगानी गर्ने निजी क्षेत्रलाई उनले आग्रह गरे । ‘हामीले व्यवसायी मैत्री बातावरण निर्माण गरेका छौ’ मुख्य मन्त्रि पोख्रलले भने । व्यवसायीहरुको समस्याको समस्या समाधान गर्न आफुहरु लागि परेको उनले बताए । सरकार निजी क्षेत्र संग सहकार्य अगाडि वढन तयार रहेको समेत मुख्य मन्त्रि पोख्रेलको भनाइ रहेको थियो । निजी क्षेत्र र सरकार मिलेर आर्थिक क्षेत्रको विकास गर्न तर्फ लाग्नु पर्ने उनले बताए ।

प्रदेश सरकारले लगानी भित्रयाउनका लागि अहिले उद्योग दर्ता नि शुल्क बनाएको बताए । प्रदेश सरकारले अहिले उद्योग दर्ता गर्दा कुनै पनि शुल्क नलिएको उनले बताए । प्रदेश सरकार ठुला लगानीमा स्थापना हुने उद्योगहरुलाई सहयोग पु¥याउन उद्योग स्थापना हुने स्थान सम्म सडक, विद्युत तथा खानेपानी पु¥याइने मुख्य मन्त्रि पोख्रेलको भनाइ रहेको छ ।

‘उद्योग स्थापना गरि रोजगार सृजना गर्न तर्फ लाग्नु पर्दछ’ मुख्य मन्त्रि पोख्रेलले भने । व्यवसायीहरुले बजारको अध्ययन गरि लगानी गर्नु पर्ने बताए । बजारको अध्ययन नगरी लगानी गर्दा व्यवसाय घाटामा जाने उनको भनाइ रहेको छ । ‘लगानी गर्नु भन्दा पहिले वजारको अध्ययन तर्फ विशेषण गरेर अगाडि वढनुहोस’ मुख्य मन्त्रि पोख्रेलले भने ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले राज्यले व्यवसाय मैत्री ल्याउन नसकेको बताए । व्यवसाय मैत्री निती ल्याएमा निजी क्षेत्र राज्य लगानी तयार रहेको उनको भनाइ रहेको छ । राज्य संग पटक पटक व्यवसाय मैत्री निती ल्याउन माग गरे पनि पुरा हुन नसकेको समेत उनले बताए । ‘राज्यले निजी क्षेत्रलाइ नियन्त्रण गर्न निती ल्याउन हुदैन’ उपाध्यक्ष श्रेष्ठले भने । दाङ धेरै संभावना बोकेको जिल्ला भएकाले यस तर्फ निजी क्षेत्र र राज्य संहकार्य गरेर यसको विकासमा लाग्नु पर्ने उनको भनाइ रहेको छ । कोडिभको कारण निजी क्षेत्र समस्यामा परेको भन्दै राज्यले सहुलीयत दिनु पर्ने उनले बताए ।

घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही उप महानगरपालिका लगानी मैत्री नगर रहेको बताए । नगरमा ढुक्क भएर लगानी गर्न समेत उनले आग्रह गरे । ‘बाहिर गएर लगानी गर्न आवस्यक छैन आफनै स्थानमा लगानी गर्न सक्नु हुने छ’ नगर प्रमुख चौधरीले भने ।

निजी क्षेत्रले अगाडि वढाएको औद्योगिक क्षेत्र स्थापनाको लागि उप महानगरपालिकाले पनि सहयोग गरेको उनको भनाइ रहेका छ । कार्यक्रमम नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्यहरु अरुणकुमार सुमागी, जनशेर अली, नेकपाका नेता निर्मल आचार्य, नेपाली काग्रेसका जिल्ला उप सभापती कमानसिंह भारती, राप्रपाका नगर अध्यक्ष उमाकान्त भण्डारी, आन्तरीक राजस्व कार्यालय तुलसीपुरका प्रमुख गोपीकृष्ण कोइराला , संघका पुर्व अध्यक्ष चन्द्रराज पन्त, सम्मानित व्यक्ति ओविन्द्रवहादुर महरा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत (विरु) लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको भनाइ राखेका थिए । संघका सचिव माया पोख्रेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।

विभिन्न व्यक्तिलाई पुरस्कृत तथा सम्मान
कार्यक्रममा आर्थिक क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार अमरराज आचार्य, कर्मचारीहरु कान्तुराम चौधरी, विन्दु श्रेष्ठ, सफल उद्योगी ओविन्द्रबहादुर महरा, सफल व्यवसायी भरत वि क र कुलराज खनाल पुरस्कृत गरिएको थियो ।

त्यसैगरेर विभिन्न क्षेत्रमा योग्दान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।संघले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगीताका विजेतालाई पुरस्कृत तथा कोभिड १९ को जोखिममा पनि सेवा निरन्तर खटेर कार्य गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*