Home / Feature Breaking news / साझा उमेद्वारद्वारा मतदाता भेटघाट तीव्र

साझा उमेद्वारद्वारा मतदाता भेटघाट तीव्र

घोराही, १८ पुस

यही पुस २० गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनकालागी साझा उमेद्वारहरुले मतदाता भेटघाटलाई तीब्र बनाएका छन् ।

सर्वपक्षीय सर्वदलीय सहमतिबाट उमेद्वार बनेका अध्यक्षका उमेद्वार टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदका उमेद्वार सुशील पोख्रेलले उद्योगी व्यवसायी मतदाताहरुसँगको भेटघाटलाई तीव्र रुपमा अगाडी बढाएका छन् ।

विहीवारदेखी मतदाता भेटघाट सुरु गरेका बुुढाथोकी र पोख्रेलले शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर ३ र ४ र घोराही बजारका मतदाता व्यवसायीहरुसँग भेटघाट गरेका छन् ।

भेटका क्रममा व्यवसायीहरुले भोग्नुपरेका समस्याको बारेमा जानकार रहेको भन्दै ती समस्या समाधानकालागी आफूहरु लागीपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको संस्थागत विकास र व्यवसायीहरुले विभिन्न कारणले भोग्नुपरेको समस्या समाधानकालागी उमेद्वार बनेको भन्दै मतदान गर्न मतदाताहरुलाई अनुरोध गर्नुभएको थियो ।
यस्तै स्वतन्त्र उमेद्वारहरुले पनि मतदाता भेटघाटलाई निरन्तरता दिएका छन् । अध्यक्षका उमेद्वार बसन्त जोशी र कोषाध्यक्ष पदका उमेद्वार चनपति शर्माले पनि शनिवार मतदाता भेटघाटमा व्यक्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*