Home / Feature Breaking news / घरमा आगलागी हुदाँ पाँच लाख बराबरको क्षति

घरमा आगलागी हुदाँ पाँच लाख बराबरको क्षति

दाङ,२१ बैशाख । शुक्रवार राती कुईरेपानीमा रहेको एक घरमा आगलागी हुदाँ पाँच लाख बढिको क्षति भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ३ कुईरेपानीमा रहेको बिष्णु चौधरीको घरमा अगलागी हुदाँ करिव पाँच लाख ४८ हजार पाँच सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोदविक्रम शाहले जानकारी दिए । उनका अनुसार आगलागीका कारण घरमा रहेको अन्नपात, अत्ताकपडा र जिन्सी समान जलेर नष्ट भएका थिए ।

राती पौने दश  बजेतिर घरमा लागेका आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा साढे दश बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
फाइल तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*