Home / Feature Breaking news / जयशेर मावि रावतगाँउमा महायज्ञ सुरु

जयशेर मावि रावतगाँउमा महायज्ञ सुरु

पिताम्वर रिजाल
दाङ, २२ माघ

घोराही उपमहानगरपालीका ६ स्थित जयशेर माध्यामीक विद्यालय रावतगाउमा प्राविधीक शिक्षा सञ्चालनकालागि आयोजना गरिएको श्रीमद् भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ २०७५ को मंगलवार उद्घाटन गरीएको छ ।

महायज्ञ आयोजक मुल समितिका सह सम्योजक प्रविण भण्डारीको सभापतित्व एवं  प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथि डाँगीले यस्ता महायज्ञल समाजमा सद्भाव तथा विद्यालय र समुदायविचको सम्वन्ध जोड्न सहयोग पुग्ने बताउनुभयो ।

पछील्लो समय समाजमा मौलीक मुल्य मान्यता तथा संस्कार र संस्कृतिहरु हराउदै गएको चर्चा गर्दे यस्ता कार्यले प्राचिन मुल्य र मान्यतालाइ बचाई राख्दै समयानुकुल समृद्ध संस्कृतीको विकास गर्नेमा जोड दिनु भयो ।

वैदीक सनातन धर्मको आफनै मुल्य मान्यता रहेको वताउदै समय सापेक्ष बैदिक धर्मलाई अगाडी बढाउनुपर्नेमा  समेत प्रदेश सभा सदस्य डागीले जोड दिनुभयो । प्रमुख अतिथि डागीले आफूलाइ चिनाउन पहिचान चाहिने भएको हुँदा हाम्रा सस्कार र सस्कृतिलाइ बचाउनु पर्ने बताउनुभयो ।

51231825_2349478761753719_4747089281955135488_n
कार्यक्रममा मूख्य वाचक अमृतशरण देबाचार्यले सबैको सहयोग र साथले मात्र महायज्ञ सफल हुने भएको हुँदा सबैलाई उदार भएर सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपाका सौडियार इकाई अध्यक्ष थुरेन्द« वली, नेपाली काङग्रेस क्षत्रिय सभापति भूपबहादुर डागी, सौडियार इकाइका अध्यक्ष कर्णबहादुर बुढाथोकी, जिल्ला समन्नवय समितिका उप प्रमुख श्रीधर शर्मा, मतहवा महासघका अध्यक्ष चन्द्रप्रसाद चौधरी, बिद्यालयका प्रधानाध्यापक हुकुम बहादुर बुढाथोकी पूर्ब बिद्यार्र्थी बिकास चौधरी, पत्रकार माधब चौधरी, बिष्णु आर्ट लगाएतकाले शुभकामना मन्तबय ब्यक्तगर्नु भएको थियो ।

महायज्ञको पहिलोदिन एकलाख एकाउन्न हजार रुपैया उठेको छ ।घोराही उपमहानगर पालिका वडा नम्बर ६ निबासी हर्कबहादुर डागीले सो रकम दिनुभएको हो ।उद्घाटन हुनुपूर्ब बाजागाजा सहित ठूलो र्यालीले परीक्रमा गरेको थियो । कार्यक्रममा मूल्याङकन समितिका सम्योजक एबम् बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खलु पुनले धन्यकाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार पीताम्बर रिजाल र शिक्षक रामहरी आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*