Home / Feature Breaking news / प्राविधिक शिक्षामा विद्यालयले ध्यान दिएको छ: प्राचार्य डिसी

प्राविधिक शिक्षामा विद्यालयले ध्यान दिएको छ: प्राचार्य डिसी

पद्मोदय पव्लीक नमूना माध्यामिक विद्यालय राप्ती अञ्चल कै पहिलो सामुदायिक विद्यालयका रुपमा स्थापना भएको विद्यालय हो । २००४ सालमा घोराही उपमहानगरपालिका–१५को भरतपुरमा तत्कालिन समाजसेवी दामोदर शर्मा घिमिरे, खगराज लोहनी, टेकनाथ गौतम र भुपेन्द्रश्वर श्रेष्ठको पहलमा स्थापना भएको विद्यालयले अहिले उच्च शिक्षासम्मको अध्यायपन गराउदै आएको छ । यस विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीले विशिष्ट स्थानमा पुग्न सफल भएका छन । २०१० सालमा माध्यामिक तह,२०४९ सालमा प्लस टुहुदै २०५९ सालदेखि विद्यालयले प्राविधिक शिक्षा भित्राउन समेत थालेको छ । करिव पौने ६ विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालय जिल्लामा अव्वल सामुदायिक विद्यालयका रुपमा विगत लामो समयदेखि आफनो पहिचान काम राख्दै आएको छ । यसै सन्दर्भमा विद्यालयका प्राचार्य डा.कृष्णराज डिसीसँग पत्रकार लिलाधर वलीले गरेको कुराकानी ।

हजुरलाई स्वागत छ ?

धन्यावाद हजुर र राप्ती सन्देश अनलाईनलाई परिवारलाई ।

पद्मोदय पव्लीक नमूना माध्यामिक विद्यालय जिल्लामै नमूना विद्यालयका रुपमा चिनिने गर्दछ । के छ र त्यस्तो विद्यालयमा नमूना विद्यालयका रुपमा चिनिने आधार ? खासमा के कारण तपाई सधै जिल्लामा उत्कृष्ठ विद्यालयमा पर्ने ?

पद्मोदय पव्लीक नमूना माध्यमिक विद्यालय जिल्लामै सवैभन्दा पूरानो विद्यालय हो । यो विद्यालयले स्थापना कालदेखि नै राम्रो नतिजा ल्याउने गरेको छ । यसको मुख्य कारण हो विद्यालयमा व्यवहारिक पठनपाठन र विद्यार्थीहरुको मेहनत । शिक्षक र विद्यार्थीहरुको मेहनतले नै विद्यालयको नतिजा राम्रो हुने हो ।

पद्मोदयका विशेषताहरु के के हुन ?
पद्मोदय विद्यालय सवभन्दा पुरानो र उत्कृष्ठ नतिजा ल्याउदै आएको छ । यहि कारणले पद्मोदयको इतिहास र बर्तमान उज्वल रहदै आएको छ । र, भविष्यपनि उज्वल देखिन्छ । यसको सम्पुर्ण देन विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको मेहनत नै हो । २००४ सालमा स्थापित यो ऐतिहासिक विद्यालय साढे आठ बिघा क्षेत्रफलमा फैलिएको छ । प्राथमिक, र माध्यामिक तहका लागि बेग्लाबेग्लै भवन छन् । खेलमैदान विशाल छ । ११ र १२ कक्षाका छात्र र छात्राका लागि फरक फरक छात्रावास छन् । छात्राका लागि सरकारद्वारा संचालित ‘फिडर छात्रावास’ भने निःशुल्क छ । यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) द्वारा संचालित कार्यक्रमका लागि पनि अलग्गै भवन छ । यो कार्यक्रम अन्तर्गत ४०० विद्यार्थी छन् ।

 

प्रभावकारी पठनपाठन भएकोले नै अभिभावकहरूले यो विद्यालयलाई विश्वास गरेको छन् । हाम्रा सबै शिक्षक तालीमप्राप्त छन् । विषय विज्ञ र अनुभवी छन् । पठनपाठन शैली राम्रो बनाउन मिहिनेत गरेका छन् । शिक्षक नै विद्यालयका सबभन्दा सबल पक्ष हुन् । विद्यालय प्रशासन, भौतिक पूर्वाधार, विभिन्न विषयका प्रयोगशाला, पुस्तकालय र शैक्षिक सामग्री विद्यालयका महत्वपूर्ण पाटा हुन् ।

त्यसँगै पछिल्लो समय विद्यालय चक डस्टरका माध्यमवाट भन्दापनि प्रोजेक्ट बेसका माध्यमवाट स्मार्ट बोर्ड,प्रोजेक्टका माध्यमवाट नर्सरीदेखि नै पढाई गर्ने गरेका छौँ । शिक्षकहरुले सहजीकरण गर्ने र विद्यार्थीहरुलाई पढाईमा क्रियटिभ बनाउने शिक्षकहरुका मुख्य ध्यान केन्द्रीत छ । विद्यालयका यी विशेषताहरुका कारण पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा विद्यार्थीहरु भर्ना हुन भनेर दाङमा मात्र नभएर राप्तीका पाचै जिल्लाका विद्यार्थीहरु आफनो जिल्ला छाडेर दाङ आउने गरेका छन ।
उसो तँ पद्मोदय साइन्स पढाईमा पदमोदय देशकै उत्कृष्ठ सामुदायिक विद्यालयका रुपमा समेत चिनिने गरेको छ । यसलाई हामीहरुले पद्मोदयको मुलआकर्षणका रुपमा समेत लिने गरेका छौँ ।

पद्मोदयमा अहिले कुन कुन विषयहरु पढाई हुनेछन ?

पदमोदय कक्षा १ देखि १२ कक्षासम्म नेपाली र अग्रेजी दुवै माध्यमवाट पढाई हुने गर्दछ । खासगरी कक्षा ११ र १२मा शिक्षा,व्यवस्थापन, मानविकी र विज्ञान संकायमा विविध विषयहरु पढाई हुने गर्छन । त्यस्तै पछिल्लो समय आजको आवश्यकता प्राविधिक शिक्षा हो भन्ने भनाईलाई आत्मसाथ गर्दै विद्यालयले सिटीईभिटी र शिक्षा विभागको स्कृतिमा प्राविधिक विषयहरु समेत पढाई हुदै आएको छ ।

जसअन्तर्गत सिटिईभिटीतर्फ १८ महिने इलेक्ट्रीक सवओभरसियर, ३ बर्षिय इलेक्ट्रिकल डिप्लोमा, १८ महिने जुनियर कम्प्युटर टेक्नीसियन, १८ महिने सामाजिक परिचालकलगाएतका विषयहरु पढाई हुदै आएका छन भने यसै शैक्षिक सत्रदेखि विद्यालयमा अटोमोवाईल डिप्लोमा तहको पढाई शुरु हुदैछ । यो सामुदायिक विद्यालयतर्फ काठमाण्डौपछि नेपालमै पहिलो सामुदायिक विद्यालय हाम्रो विद्यालय भएको छ ।

अटोमोवाईल कस्तो शिक्षा हो ?

अटोमोवाइल भनेको प्राविधिक शिक्षा हो । अहिले नेपालको परम्परागत शिक्षा भयो यसले विद्यार्थीहरुलाई बषौसम्म अध्ययन गरेर बेरोजगार बनाउने ग¥यो भनेर विरोध समेत हुने गर्दछ । अधिकांस विद्यार्थी तथा अभिभावकहरुको माग प्राविधिक शिक्षातर्फ छ । त्यही प्राविधिक शिक्षाका लागि हाम्रो विद्यालयले केही बर्ष पहिले घोराहीमा धार्मिक महायज्ञसमेत सञ्चालन गरेको थियो । त्यही महायज्ञवाट उठेको पैसाले यो बर्षदेखि अटोमोवाइल सम्वन्धी पढाई सुरु गर्दैछौँ ।

खासमा यो विग्रीएका गाडीहरु बनाउन सिकाउने शिक्षा नै हो । पछिल्लो समय वर्कसवहरु रोजगारीको ठुलो सम्भावना रहेको छ । कम्तीमा दाङमा यो पढाई हुन थालेपछि धेरै विद्यार्थीहरुले जिल्लादेखि नेपालमै रोजगारी प्राप्त गर्ने हाम्रो अपेक्षा रहेको छ । अटोमोवाईलको कक्षामा ४८ जना विद्यार्थीहरुले अध्ययन गर्नेछन ।

सामुदायिक विद्यालयमा निशुल्क शिक्षा भन्ने गरिएपनि तपाईहरुले विद्यार्थीहरुसँग शुल्क उठाउनुहुन्छ भन्ने गुनासो समय समयमा आउछ नि ?

निश्चित रुपम यो महत्वपुर्ण कुरा उठाउनुभयो । साच्चीकै भन्ने हो भने अहिले सामुदायिक विदालयहरुलाई लाग्ने गरेको गम्भीर आरोप पनि हो । हाम्रो विद्यालयमा अहिले करिव पौने छ हजार विद्यार्थीहरु अध्ययनरत छन । यी सम्पुर्ण विद्यार्थीहरुलाई पढाउनका लागि राज्यले विद्यालयमा शिक्षक पु¥याउन सकेको छैन । यस्तो अवस्थामा अभिभावकहरुले सहयोगमा विद्यालय सञ्चालन गरेका छौँ ।

साच्चीकै भन्ने हो संविधान सामुदायिक विदालयहरुले शुल्क लिन पाउने व्यवस्था छैन । हाम्रो विद्यालयमा पनि शुल्क लिएको छैन । तर विद्यालयका सञ्चालनका लागि अभिभावकहरुले सहयोग पनि गर्दै आउनुभएको छ । त्यही आधारमा विद्यालय सञ्चालन भएको छ । विद्यालयले विद्यार्थीहरुसँग शुल्क लिनका लागि हरेक बर्ष नयाँ शैक्षिक शत्र सुरुहुनु पर्व वृह्त अभिभावक भेलाको आयोजना गरेर उक्त भेलाले गरेको निर्णय अनुसार नै विद्यार्थीहरुसँग शुल्क उठाउने गरेका छौँ । यो बाध्यता नभएर अभिभावकहरुको स्वच्छिक शुल्क हो ।

विद्यालयमा शिक्षकहरुले पढाईलाई मात्र ध्यान दिने र अतिरिक्त क्रियाकलापमा ध्यान दिदैनन् भन्ने आरोप छ । तपाईको विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापको व्यवस्था गर्छ कि नाई ?

यो सर्वप्रथम तँ म के भन्न चाहानन्छु भने जिल्लाका सम्पुर्ण विद्यालयहरुको तुलनामा हाम्रो विद्यालय अलि फरक र युनिक पनि छ । जसको मुख्य कारण विद्यालयका पढाई । जिल्लाका सम्पुर्ण विद्यालयमा दिनमा ७ प्रियड पढाई हुनेगर्छन तर पदमोदयमा भने दैनिक ८ प्रियड पढाई हुने गर्छन । ८ प्रियड पढाई हुने विद्यालय हाम्रो मात्र हो । यसका अतिरिक्त विद्यालयमा दुई जना अनुशासन तथा खेलकुद शिक्षकहरु समेत रहेका छन ।

उनीहरुका माध्यमवाट विद्यार्थीहरुलाई विभिन्न खेलहरु खेलाउने गरेका छौँ । त्यसैको परिणाम स्वरुप अहिले जिल्लामा भएको पुरुष पुटवलतर्फ हाम्रो विद्यालय प्रथम भएको छ । राष्ट्रियस्तरको गेम खेल्नका लागि छनोट समेत भएको छ । यसका अतिरिक्त फुटवल, भलिवल, क्रिकेटलगायत खेलमा पनि विद्यार्थीहरु अव्वल छन । र समय समयमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विभिन्न प्रतियोगितामा उत्कृष्ठ समेत हुने गरेका छन । विद्यालयको आफनै खेल मैदान भएकाले पनि नियमित रुपमा खेलकुदका क्रियाकलापहरुमा विद्यार्थीहरुलाई सहभागी बनाउने गरेका छौ ।

पछिल्लो पुस्तामा नैतिक हराउदै गयो । यसका कारण समाजमा सामाजिक विकृति बढ्दै गएका छन यसको मुल कारण नैतिक शिक्षा हो भनिन्छ विद्यालयले यसतर्फ ध्यान दिएको छ कि नाई ?

अहिले विद्यालयमा मात्र होइन देशमा नै नैतिक शिक्षाको खडेरी रहेको छ । जसका नेताहरुमा पार्टीगत स्वार्थ छ । बैचारिक स्वार्थ छ । त्यही नेताहरुको प्रभाव विद्यालयसम्म देखिन्छ । नैतिकको ह्रासहुदै गएको छ । जसका कारण पछिल्लो पुस्तामा आफुभन्दा सानालाई माया गर्ने र ठुलालाई आदर गर्ने सस्कारको कमी छ । नैतिक शिक्षामा हाम्रो विद्यालयले ध्यान दिने गरेको छ । विद्यार्थीहरुलाई सस्कारको ज्ञान गराउने,राष्ट्रभक्ति, स्वाभीमान बनाउनेदेखि लागुपदार्थ दुव्यर्सनी,बालविवाह गर्नुहुदैन भन्ने बिषयमा समेत विद्यार्थीलाई सिकाउने गरेका छौँ ।

विद्यालयलाई आगामी दिनमा पनि जिल्लाकै अव्वल सामुदायिक विद्यालयको पहिचान कायम गर्न के योजना बनाउनुभएको छ ?

विद्यालयले हासिल गरेको पहिचानलाई कामय राख्नु हाम्रो सामु ठुलो चुनौती रहेको छ । त्यसैले विगतका बर्षहरुदेखि सामुदायिक विद्यालयहरु मध्यको उत्कृष्ठ विद्यालयको पहिचानलाई निरन्तर रुपमा राख्ने छौँ । त्यसका लागि हामी विद्यालयका शिक्षकहरु,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघलगायत अभिभावकहरु सचेत हुनुहुन्छ । त्यसैले हामीले पछिल्लो समय विद्यालयलाई प्राविधिक शिक्षातर्फ लग्न खोजेका छौँ ।

त्यसकालागि सिटिईभिटीतर्फ १८ महिने इलेक्ट्रीक सवओभरसियर, ३ बर्षिय इलेक्ट्रिकल डिप्लोमा, १८ महिने जुनियर कम्प्युटर टेक्नीसियन, १८ महिने सामाजिक परिचालक, यसै शैक्षिक सत्रदेखि अटोमोवाईल डिप्लोमाको पढाई ल्याईसकेका छौँ । आगामी दिनमा कृषि विज्ञान,वन विज्ञान, सिभिल इन्जिनियरलगायतका प्राविधिक विषयहरु विद्यालयमा भित्राउन लागि परेका छौँ । विश्वास छ छिट्टै यी विषयहरु विद्यार्थीले पढ्न पाउनेछन ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्त्यमा मेरो विचार र विद्यालयका गतिविधिहरु राख्न दिएको यस अनलाईनलाई पनि धेरै धेरै धन्यावाद व्यक्त गर्न चाहान्छु । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावको महत्वपुर्ण भुमिका हुने भएकाले विद्यालयका हरेक गतिविधिहिरुमा चासो राख्न आग्रह गर्दछु । साथै बालबालिकाहरुको पहिलो पाठशाला घर भएकाले घरमा पनि बालबालिकालाई राम्रो शिक्षा दिने बातावरणको ृिसर्जना गर्न आम अभिभावकहरलई आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*