Home / Feature Breaking news / जनताको सेवामा कुनै बाधा आउँदैन : प्रजिअ कुरुम्बाङ

जनताको सेवामा कुनै बाधा आउँदैन : प्रजिअ कुरुम्बाङ

दाङ,१८ असार । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले आफुले जनताको सेवकको रुपमा काम गर्ने बताएका छन् । आफु प्रशासको रुपमा नभइ जनताको सेवकको रुपमा काम गर्ने उनको भनाइ रहेको छ ।

भरखरै सरुवा भएर दाङ आउनु भएका प्रमुख जिल्ला अधिकारीसंग दाङ जिल्ला उद्योग बाणिज्य संघले गरेको परिचयात्मक कार्यक्रममा उनले यस्तो वताएका हुन । आफुले काम गर्दा कुनै लोभ प्रलोभनमा परेर काम नगर्ने उनले बताए । ‘सबैले निष्ठा र इमान्दारीता पुर्वक काम गर्नु पर्दछ ’ प्रजिअ कुरुम्वाङले भने । देशको समृद्धी र विकासका लागि निजी क्षेत्रको महत्वपुर्ण भुमिका रहेको उनले बताए । निजी क्षेत्रको विकासका लागि वातावरण वनाउन आफनो सहयोग रहने बताए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेसप्रसाद काफलले जनताले अनुभुती गर्ने गरेर काम गर्ने बताए । ‘केही समयभित्रमा नै केही परिवर्तन भएको पाउनु हुने छ’ प्रहरी प्रमुख काफलले भने । यसका लागि नागरिकले प्रहरीलाइ सुचना दिएर सहयोग गर्न आग्रह गरे । नागरिकले दिने सानो सुचनाले पनि प्रहरीलाई धेरै सहयोग मिल्ने उनको भनाइ रहेको थियो ।

‘प्रहरी २४ घण्टा नै नागरिकलाइ नि शुल्क सेवा दिन तयार रहेको छ ’ उनले भने । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागिलाई धन्यावाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए । भने कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*