Home / Feature Breaking news / लगानीमैत्री बातावरण बनाउन सरकारसँग व्यवसायीको माग

लगानीमैत्री बातावरण बनाउन सरकारसँग व्यवसायीको माग

दाङ,५ पुस । सरकारको आर्थिक समृद्धिका कुरा गरेर पनि लगानीमैत्री बातावरण बनाउन नसकेको व्यवसायीहरुले बताएका छन । नारायणपुर उद्योग बाणिज्य संघको १६ औँ साधारणसभाका अवसरमा बोल्ने बक्ताहरुले राज्यले व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन नसक्दा व्यवसायीहरुले लगानी गर्न नसकेको बताएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य धुर्वराज श्रेष्ठ ‘भारी’ले राज्यले व्यवसायीलाई लगानी गर्न सक्ने बातावरण बनाउन नसकेको बताए । लगानी गर्ने व्यवसायीहरुलाई व्यवसायको सुरक्षाको प्रत्याभुति राज्यले गर्न सके व्यवसायीहरु लगानी गर्न तयार रहेको बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले नारायणपुर क्षेत्रको समग्र विकासका लागि उद्योग बाणिज्य संघले महत्वपूर्ण भुमिका खेलेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले नारायणपुर क्षेत्रको शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रको विकास गर्न सके दाङकै केन्द्रका रुपमा नारायणपुर विकास हुने बताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि रहेका केन्द्रीय उपाध्यक्ष पोख्रेलले नारायणपुरलाई वडामा मात्र सिमित नराखेर दाङको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए ।

त्यस्तै पोख्रेलले राज्यले देशमा लगानी बढाउनका लागि व्यवसायीलाई स्पष्ट निति नियमसँगै भिजन दिन नसकेको बताएका थिए । देशमा लगानी बढाउनकालागि राज्यले लगानीमैत्री बातावरणसँगै स्पष्ट निती,नियमसँगै भिजन बनाउन आवश्यक रहेको बताएका हुन ।

त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले नारायणपुर उद्योग बाणिज्य संघले व्यवसायीक हकहितसँगै त्यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । बक्ताहरुले नारायणपुर क्षेत्रको विकासका लागि नारायणपुर क्षेत्रमा सरकारी अस्पालतसँगै होलेरी–नारायणपुर हुदै देउखुरी जोड्ने सडकको ट्रक जतिसक्यो चाडै खोल्न सरकारसँग आग्रह गरेका थिए ।

नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालको अध्यक्षतामा भएको साधारणसभामा दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव नरेश कार्की,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चन्द्रराज रावत, नारायणपुर उद्योग बाणिज्य सघका निवर्तमान अध्यक्ष गोपाल लम्साल,घोराही उपमहानगरपालिका वडा नं. ११ की महिला सदस्य मधुमति गौतम,सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयका प्रधानाध्यापक उत्तम खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकी, सामुदायिक वन महासंघका सचिव जानका केसी, नारायण खानेपानी तथा सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे ‘श्रवण’, गे्रट बुद्ध एकेडेमीका प्रिन्सीपल निर्मल न्यौपाने, किराना व्यवसायी समितिका अध्यक्ष शरद पोख्रेल, व्यावसनका केन्द्रीय सदस्य सरिता देवकोटा, महेश्वरी साना किसान सहकारी सस्थाका अध्यक्ष हिरादेवी पुन, दुरसञ्चार टोल विकास सस्थाका अध्यक्ष मानबहादुर बस्नेतलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष अभियान बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा समाजसेवी भरतमणि खनाल र शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै चिन्ताबहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*