Home / Feature Breaking news / दहमा डुवेर दाङमा २ जना बालकको मृत्यु

दहमा डुवेर दाङमा २ जना बालकको मृत्यु

दाङ,६ पुस । दाङमा दहमा डुवेर दुई जना बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ अठ्ठाईसे निवासी भुपेन्द्र घर्तीका ढाई बर्षीय छोरा युवराज घर्ती र सोही ठाउँ निवासी बुद्धिराम घर्तीका ४ बर्षीय छोरा समीर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आफ्नै घर छेउमा रहेको किचिनि दहमा नुहाउने क्रममा डुबेर बेहोस भएका उनीहरुको उपचारक लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*