दाङ, ७ पुस । गएको असोज ३० गते देउखुरीको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना बिप्लव समुहका नेताहरुलाई जनही १५–१५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर नेताहरुलाई फेरी पक्राउ गर्न प्रहरी तयार अबस्थामा रहेका कारण उनीहरुले धरौटी तिर्न नसक्ने भन्दै करागार गएका हुन ।
अदालतको आदेश अनुसार धरौटीमा छुट्टे तयारी गरेका नेताहरुलाई प्रहरीले अन्य मुद्धामा पक्राउ गर्ने तयारी गरेपछि आफुहरु धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिईएको पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द वीरजंगले जानकारी दिएका थिए ।
उनीहरुलाई प्रहरीले गत असोज ३० गते नेपाल–भारतको सिमा क्षेत्रबाट पक्राउ गरेको थियो । चन्द्रबहादुर चन्द नेत्रबिक्रम चन्दका दाजु हुन् । प्रहरीले चन्द्रसँगै राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुबास, राप्ती व्युरो तथा न्यायीक समितिका जिल्ला संयोजक रामबहादुर थापा ‘सुन्दर’, राप्ती व्युरो कार्यालय सचिव सविन पोख्रेल, दाङ जिल्ला इन्चार्ज यमलाल कटुवाल ‘विक्रम’, जिल्ला सेक्रेटरी प्रदिप वली, युवा संगठनका केन्द्रीय अध्यक्ष बविन केसी ‘पाटन’, रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुबेदी प्रयासलगायतका २१ जना नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको थियो ।
अदालतले आदेश दिएपनि पुनः पक्राउ गर्ने संभावना देखिएपछि नेकपाका नेताहरु धरौटी नबुझाएर कारागार नै गएका छन । पक्राउ परेका बिप्लवका नेता तथा कार्यकर्ताहरुको पक्षमा १८ जना अधिवक्ताहरुले बहस गरेका थिए ।
RaptiSandesh RaptiSandesh