जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको छ ।
आज साँझ कार्यालयले एक सूचना जारी गर्दै राति १० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सवारी चलाउन रोक लगाएको जनाएको छ ।
धादिङ्ग लगायतका छिमेकी जिल्लाहरु तथा चितवनका विभिन्न स्थानहरुमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरेर राती १० बजेदेखि सवारी चालउन रोक लगाएको हो ।
प्रशासन कार्यालयले आवागनमा नहुने असहजता प्रति क्षमा मार्ग्दै सुरक्षित स्थानमा सवारी राख्न र रहन अनुरोध गरेको छ ।
RaptiSandesh RaptiSandesh