दाङ, ८ साउन
रोटरी कल्व अफ दाङको ६ औ पद हस्तान्त्रण गरीएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी पद हस्तान्त्रण गरीएको हो । रोटरी कल्व अफ दाङको २०१७÷२०१८ का लागि अध्यक्षमा तिर्थ सन्तोषी चयन भएका छन् । जसको उपाध्यक्ष गजेन्द्र वर्मा, सचिवमा सुरज वुढाथोकी, कोषाध्यक्ष रजिव उलाखान, निर्वाचित उपाध्यक्ष डाक्टर निराजन आचार्य, मनोनित उपाध्यक्षमा तिर्थ पौडेल, सह सचिवमा विनोद पन्त रहेका छन् ।
क्लबका डाइरेक्टरहरुमा सुमित्रा पन्थी, गोविन्द्रवहादुर महरा, जितवहादुर घर्ति, मनोज वुढाथोकी, कुलविर चौधरी, मञ्जु व्रजाचार्य, यादव सैघाली, सङकल्प श्रेष्ठ रहेका छन् । पद हरुतान्त्रण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन रोटरी क्लब लाग्नुपर्ने बताए । जिल्लाको विकास संमग्र विकासकालागि सवैको सहकार्य आवस्यक रहेको बताए । त्यस अवसरमा वोल्ने वक्ताहरुले रोटरी क्लबे सामाजिक सेवामा गरेको कामको प्रशंसा गरेका थिए । उनीहरुले सामाजिक सेवालाई निरन्तरता दिन आग्रह समेत गरेका छन् । पद हस्तान्त्रण कार्यक्रम निर्वतमान अध्यक्ष मानसिंह घर्तिको अध्यक्षतामा भएको थियो ।
त्यस अवसरमा रोटरी कल्वका सहायक गर्भनर कुशल तर्ताल, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यकारी निर्देशक श्रीमन न्यौपाने, रोटरी कल्व तुल्सीपुरका तुफानबाबु श्रेष्ठ, त्रिभुवन नगर जेसीजका अध्यक्ष दिपक शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, नव निर्वाचित अध्यक्ष तिर्थ सन्तोषी, रोट्रयाकका अध्यक्ष किरण लम्साल लगाएतकाले भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण सनत श्रेष्ठले गरेका थिए । त्यस अवसरमा रोटरी कल्व अफ दाङले रोट्राकट क्लबलाई मान्यता दिएको प्रमाण पत्र प्रदान गरीएको थियो ।
RaptiSandesh RaptiSandesh