Home / मनोरञ्जन / गायीका सरिता प्रजापति ‘ड्राईभर’ बनीन्

गायीका सरिता प्रजापति ‘ड्राईभर’ बनीन्

नेपाली संगीत क्षेत्रकी गायीका सरिता प्रजापतिले ड्राईभर भएकी छिन् । गायीका प्रजापति गाँउको दुःख कष्ट छाडेर ड्राईभर बनेपछी सुःखका साथ जीवनयापन गरिरहेकी छिन् । माईक्रो किनेर चलाउन सुरु गरेकी सरिताले राम्रो आम्दानी गरेकी छिन् ।

20245702_1423347704423217_1015457819853847565_nगायीका सरिता वास्तविक जीवनमा नभई यसवर्षको तीज गीतमा ड्राईभर बनेकी हुन् । उनको यसवर्षको तीज गीत ‘बुढाबुढी एक्सप्रेस’ मा ड्राईभर र कनडक्टरको भूमीकामा उनी छिन् । उनको तीज गीतमा बुढाबुढी विचको सम्वन्ध कसरी सुमधुर बनाउने भन्ने विषयलाई समेटिएको छ । जीवन कसरी सुखमय बनाउने र जिवनको गाडी कसरी चलाउने भन्दै सकारात्मक सन्देश दिएका छन् ।20264599_1423347521089902_6285770972012180666_n
रेशम सापकोटाको लय र शब्दमा सरिता प्रजापतिको तीज गीत बुढाकुढी एक्सप्रेसमा सरिता र रेशम सापकोटाको स्वर रहेको छ भने तरेली संगीतकुञ्जले उत्पादन तथा वितरण गरेको हो । राहुल राईको छायांकन, रोशन धितालको सम्पादन, रेशम सापकोटाको निर्देशन रहेको यस गीतको भिडियोको दृष्य निर्माण तरेली संगीत प्रालिले गरेको हो भने सम्पादन धिताल फिल्मस् प्रालिले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*