Home / Feature Breaking news / काँग्रेसको प्रचारः युवा देखि पाका नेता सँगसँगै घरदैलोमा

काँग्रेसको प्रचारः युवा देखि पाका नेता सँगसँगै घरदैलोमा

दाङ, २५ कार्तिक         
नेपाली काग्रेसका युवा नेताहरु देखि पाका नेताहरुसँग संगै घरदैलोमा सहभागि हुने गरेका छन् । शुक्रवार विहानै देखि साझ अवेर सम्म पनि उनीहरु संगै भोट माग्न व्यस्त रहेका थिए ।

युवा तथा पाका नेताहरुले संयुक्त रुपमा नेपाली काग्रेसलाई विजयी वनाउनका लागि भोट माग्दै घर दैलो गरेका थिए । उनीहरुको एउटै भनाई रहेको थियो नेपाली काग्रेसको विजयी अनिर्वाय रहेको छ ।

स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसले अनपेक्षीत हार व्यहोरनु परे पछि सवै नेताहरु अहिले  एकतावद्ध भएर कांग्रेसलाई विजयी वनाउन लागि परेका छन् । उनीहरुले व्यक्तिलाई विजयी वनाउन नभइ पार्टीलाई विजयी वनाउन लाग्न आग्रह गरेका छन् ।

घर दैलोमा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उमेद्धार तथा निवर्तमान सांसद राजु खनाल, प्रदेश सभा क्षेत्र नम्वर २ (ख)का उमेद्धार भरतवहादुर न्यौपाने, समानुपातीक उमेद्धार अर्जुनकुमार श्रेष्ठ, सावित्रा राना,निर्वतमान सांसद अनिता देवकोटा नेपाली काग्रेस दाङका पुर्व सभापति विरकेश्वरी गौतम, निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी, क्षेत्र नम्वर ३ का क्षेत्रिय सभापति भुपबहादुर डाँगी, क्षेत्र नम्वर २ का पुर्व सभापति खगराज पाण्डे, नेपाली काग्रेसका नेताहरु हरि रजौरे, भेषराज खत्री, धुव्र पुन, महिला संघ दाङका जिल्ला अध्यक्ष गोमा रावत, जिसस सदस्य लोका वि.क, साविक त्रिपुर नगर सभापति दीपक पाण्डे, पार्टीका भातृ संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शुक्रवार उनीहरुले घोराही उप महानगर पालिका वडा नम्वर ११ र १२ नम्वरका विभिन्न स्थानमा पुगेर भोट मागेका थिए ।

उनीहरुले घरमा पुगेर नेपाली कांग्रेसलाई मतादान गर्ने आग्रह समेत गरेका थिए । नेपाली काग्रेस विजयी भएमा देशको समृद्धी तथा लोकतन्त्रलाइ संस्थागत हुने बताएका थिए । यसै घर दैलोमा सहभागि निर्वतमान सांसद अनिता देवकोटाले नेपाली काग्रेसले वियजी भएमा देशमा समृद्धिको दिशामा अगाडि वढने बताईन ।

देवकोटाले २०७० मा निर्वाचनमा संविधान दिने गरेको वाचा  संविधान दिएर पुरा गरेको समेत बताईन । उनले भनिन ‘हाम्रो नेतृत्वमा संविधान निर्माण भएको छ त्यसको कार्यान्वयनका लागि पनि हाम्रै नेतृत्व आवस्यक रहेको छ’ ।

नेपाली काग्रेस नेपाली जनताको सुख दुखको पार्टी रहेको बताइन । घोराही उप महानगरपालिका वडा नम्वर ११ नँया वस्तीमा भएको चुनावी सभामा वोल्दै प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उमेद्धार राजु खनाले देशको विकास र निकास नेपाली कांग्रेसले गर्र्ने बताउदै नेपाली काग्रेसलाई विजयी गराउन आग्रह गरे ।

उनले भने ‘ हामी विकास प्रेमी पार्टी हौ विकासलाई हामी चुनावी नारा वनाउदैनौ’ । विकास गर्ने राजनितीक दलहरुको जिम्मेवारी रहेको उनको भनाई छ । उनले पार्टीले गरेका काम वारे जनतालाई जानकारी दिन समेत आग्रह गरे ।

उनले भने‘ हामीले गरेका विकासका काम समेत अन्य पार्टीले हामीले गरेको भनेर भजाउने गरेका छन्’। कांग्रेसले गरेको विकासको जस काग्रेसले पाउनु पर्ने समेत बताए । प्रदेश सभा क्षेत्र नम्वर २ (ख) का उमेद्धार भरतवहादुर न्यौपानेले देशलाइ अगाडि वढाउन नेपाली काग्रेसको नेतृत्व आवस्यक रहेको बताए ।

नेपाली कांग्रेस सधै जनताको माझमा रहेको पार्टी भएको बताए । त्यस अवसरमा समानुपातीक पदका उमेद्धारहरु अर्जुनकुमार श्रेष्ठ, सावित्रा राना, नेपाली काग्रेस क्षेत्र नम्वर ३ का सभाति भुपवहादुर डाँगी, चित्रसिंह गन्र्धव,  खिमलाल गन्धर्व, लगाएतकाले भनाई राखेका थिए ।

कार्यक्रमको सहजिकरण त्रिपुर सभापति दीपक पाण्डेले गरेका थिए । शुक्रवार घोराही उप महानगरपालिका वडा नम्वर ११र १२ का करिव आधा दर्जन वढी स्थानमा चुनावी सभाहरु भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*