Home / Feature Breaking news / ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज

९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज

दाङ,२१ भदौ । नेपालमा कोरोना भाइरसका ९ सय ८० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९ सय ८० जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

जसमा २ सय ९० महिला र ६ सय ९० पुरुष रहेका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार हालसम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार २०१ जना र होम आइसोलेसनमा ७ हजार ८२६ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*