दाङ,१५ कात्तिक । चाडपर्वमा हुने जुवातास नियन्त्रणका लागि प्रहरीले जिल्लामा सक्रियता बढाएको छ । चाडपर्वका नाममा हुने खेलिने जुवातास जन्य विकृतिलाई निरुत्साहित गर्ने उद्देश्यले जिल्लामा जुवातास विरुद्ध संक्रियता बढाएको हो । जसका कारण पछिल्लो समय दिनहु जुवातासमा संलग्नहरु पक्राउ पर्नेक्रम बढ्दै गरेको छ भने प्रहरीले ठुलो मात्रमा रकम समेत जफात गरेको छ ।
त्यसै अन्तर्गत प्रहरीले आइतवार राती घोराहीको रझेनाबाट चार लाख बढी नगदसहित २० जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार राति १० बजेको समयमा घोराही उपमहानगरपालिका–१८ स्थित यज्ञ खड्काको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट ४ लाख ६४ हजार ८ सय ८१ रुपैया नगदसहित १६ गद्दी तास, जुवा खेल्न प्रयोग हुने सेतो पाउडर,एक सेट मोबाईल फोन,सादा मोबाईल फोन ६ थान र एक थान बिछ्याइएको कार्पेट सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ बस्ने २४ वर्षीय यज्ञ बहादुर खड्का, घोराही– १४ निवासी २९ वर्षीय लाल बहादुर हमाल, घोराही–१५ निवासी ५१ वर्षीय रामप्रसाद गिरी,घोराही–१५ निवासी ५० वर्षीय रविन श्रेष्ठ, घोराही–१५ निवासी २८ वर्षीय मानबहादुर बुढा, घोराही–१४ बस्ने ४२ वर्षीय प्रमोद गौतम, तुलसीपुर उपमहानगरपालिका १५ घर भई हाल घोराही उपमहानगरपालिका १५ बस्ने ४६ वर्षीय शुभाष धिताल, सोहि ठाउँ निवासी ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५२ वर्षीय कुलराज वली,१६ बस्ने २४ वर्षीय छवि गिरी, सोही ठाउँ निवासी ५७ वर्षीय शरद लामिछाने,४२ वर्षीय गिरिराज खत्री भनिने धुव्र केसी, घोराही–१९ निवासी ५६ वर्षीय ईश्वर राइमाझी भनिने ईन्द्र बहादुर राइमाझी, घोराही–१४ बस्ने ३६ वर्षीय कमल घर्तिमगर, घोराही–४ बस्ने ६२ वर्षीय श्रीधर अधिकारी भनिने पुर्ण अधिकारी,५ बस्ने ५६ वर्षीय केशव पछाई रहेका छन ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १५ बस्ने ५२ वर्षीय चेतनाथ धिताल ,रोल्पा रुन्टीगढी गाउँपालिका २ बस्ने २४ वर्षीय रुपलाल विक,सर्लाही लालबन्दी नगरपालिका १२ बस्ने ४८ वर्षीय समिर लामा र घोराही उपमहानगरपालिका १५ बस्ने ५७ वर्षीय महाविर वली रहेको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिएका छन् । पक्राउ परेका विरुद्ध आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ । प्रहरीले केही दिन अघि मात्र तुलसीपुरमा सञ्चालन भएको जुवाको खालबाट राजनीतिक दलका नेताहरुसहित आठ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्य नेपाली कांग्रेस तथा नेकपा एमाले संम्वद नेताहरु रहेका थिए ।
RaptiSandesh RaptiSandesh