Home / समाचार / दाङका शैक्षिक सस्था बन्द नहुने

दाङका शैक्षिक सस्था बन्द नहुने

राप्ती सन्देश समाचारदाता
दाङ,१९ फागुन । नेपाल कम्युनिष्ट पाटी संम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भोलि फागुन २० गते आइतवार आव्हान गरेको देशब्यापी शैक्षिक संस्था बन्द दाङमा नहुने भएको छ ।

उक्त संगठनको दाङमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारी तथा दाङका शैक्षिक संस्थाले गरेको पहललाई मध्यनजर गर्दै बन्द स्थगित गरिएको बन्द आव्हान गरेको अखिल क्रान्तिकारी दाङले जनाएको छ ।

प्रहरीद्धारा गिरफ्तार गरिएका संगठनका महासचिव दीपेन्द्र चलाउनेको रिहाइको माग गर्दै अखिले क्रान्तिकारीले आइतवार देशव्यापी शैक्षिक हडतालको आव्हान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*