Home / मनोरञ्जन / डिआईडिको टाईटल प्रायोजनमा अभियान बस्नेत

डिआईडिको टाईटल प्रायोजनमा अभियान बस्नेत

दाङ, ४ मंसीर
राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम ‘डिआईडि’को टाईटल प्रायोजन कलाप्रेमी अभियान बस्नेतले गर्नुहुने भएको छ ।

नृत्य विद्याको सफल कार्यक्रम डान्स आईकन नेपाल डिआईडीको तेस्रो संस्करण सीजन ३ का लागि बस्नेतले टाईटल प्रायोजन गर्नलाग्नुभएको डि टेन इन्टरटेन्मेन्ट प्रा.लि.का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

दाङ बाट संचालन हुने नृत्य विधाको प्रतिस्पर्धात्मक कार्यक्रममा अघिल्ला दुई संस्करणहरु सफल भईसकेका छन् ।

दाङ लाई अधार बनाएर अनलाईन संस्करण मार्फत देशै भरी र स्थलगतरुपमा प्रदेश नं ५ भरीका जिल्लाहरुमा अडिसन गर्ने तयारी भएको आयोजकले जनाएको छ ।

ं‘डान्स आइकन नेपाल (डिआईडी) सफल र नव नृत्यकलाकारहरुको उच्चतम फोरम भएकका कारणले मैले टाईटल प्रयोजन गर्ने निर्णय गरेको हुँ’ समाजसेवी अभियान बस्नेतले भन्नु भयो ।

डान्स आइकन दाङमा विभिन्न टाईटल बिजेताहरु नेपालकै ठूलो टिभी रीयालिटी शो छमछमिमा आफ्नो अबसरहरु देखाई सकेका छन् ।

छमछमिको दोश्रो र तेश्रो संस्करणमा डिआईडिकै एलेक्स बि.क.(पारस) र आकाश बिके टप उपाधिको नजिकसम्म पुग्न सफल भईसकेका छन् ।

यसै बिच आयोजकले कार्यक्रमको सम्पुर्ण तयार पुरा भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*