Home / मनोरञ्जन / बायोपिक चलचित्र बनाउँदै ढुंगाना

बायोपिक चलचित्र बनाउँदै ढुंगाना

दाङ, ६ पुस । ‘बुद्ध वर्न इन नेपाल’ चलचित्र निर्माण गरेका अभिनेता रमित ढुंगाना फेरि सामाजिक विषयवस्तुमै आधारित चलचित्र निर्माण गर्ने बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले मंगलबार ढुंगानासंग गरेको विशेष साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन ।

अभिनेता ढुंगानाले अब एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा आधारित बायोपिक चलचित्र बनाउने बताए । अहिले प्रि–प्रोडक्सनमा रहेको चलचित्र पौष महिनाको अन्तिम हप्ताबाट फ्लोरमा निस्कने गरि काम तीव्र गतिमा भइरहेको अभिनेता ढुंगानाले बताए ।

चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अभिनेता रमितले बुद्ध वर्न इन नेपालूले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाएपछि आफू बायोपिक चलचित्र बनाउने निर्णयमा पुगेको बताए ।

चलचित्र पत्रकार संघ दाङका सल्लाकार शरद रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य भुपेश वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*