Home / Feature Breaking news / असुरक्षीत स्मार्ट सिटी

असुरक्षीत स्मार्ट सिटी

तुलसीपुर, ३१ असार । तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट सिटीको रुपमा विकाश गर्ने योजना अघि सारेको तुलसीपुर बजारमा चोरी डकैती र अन्य अपराधिक घटनाहरु बढदै गएका छन् । केही समय पहिले तुलसीपुरबजारमा सुरक्षाका लागि भन्दै सिसी क्यामेराहरु जडान भएका थिए । ति सिसी क्यामेराहरु विग्रेको करिव दुई बर्ष भयो, नत सिसी क्यामेराको मर्मत हुन्छ नत अर्को व्यस्थानै भएको छ ।

हाल सिसी क्यामेराको खोल पोलमा झुण्डीएका छन् तर त्यो देखाउने मात्र काम भएको छ । बजारमा विभिन्न समयमा चोरी लुटपाटका घटनाहरु बढदै गएका छन् ति अपराध तथा चोरी गर्नेहरु कानूनी दायरामा आउन सकेका छैन्न् । सुरक्षाको जिम्मेवारीका रुपमा रहेको प्रहरीलाई पनि घटनाहरु पता लगाउन कठिन हुने गरेको छ । ‘दुर्घटना तथा भइपरी आउने घटनाहरु र चोरी डकैती गर्ने मानिसले पहिले सूचना दिएर त गदैन तर घटना भएपनि त्यसको अनुसन्धान र खोज गर्न निकै महत्व पूर्ण र बजारको सुरक्षाको लागि आवश्यक पर्ने सिसी क्यामेराहरु बजारमा नहुदा सुरक्षा चुनौतीहरु बढदै गएको छ’ एक सुरक्षा अधिकारीले भने । बजारलाई सुरक्षीत बनाउने र अन्य भइपरि आउने घटनाहरुको अनुसन्धान गर्न ठुलो सहयोग मिल्ने सिसी क्यामेरा नहुदा सुरक्षा चुनौती थपीएको उनले बताए ।

प्राप्त जनशक्ति नहुदा प्रत्यक स्थानमा सुरक्षाकर्मीहरु राख्न नसकीने र सुरक्षाको लागि जडान भएका सिसी क्यामेराहरु बषैदेखि विग्रीएका कारण आफुहरुलाई पनि सुरक्षा चुनौती थपीएको प्रहरीले बताएको छ । केही समय पहिले बैंक बाट पैशा निकालेर घर तर्फ जादै गदा एक जना व्यक्ति दिउसै तुलसीपुर बजारमा लुटीय र ति अपराधीहरुको अझै पहिचान हुन सकेको छैन ।

त्यस्तै भरखरै बीपी चोकमै रहेको सविन मोवाइल पसलमा चोरी भयो ति चोरी गर्ने समुहपनि पहिचान हुन कठिन भएको छ । बजारमा सिसी क्यामेरा भएको भए ति चोरी गर्नेहरुलाई सहजिलै पहिचान गर्न सकीने सुरक्षा अधिकारीहरु बताउदै आएका छन् । ‘सिसी क्यामेरा नहुदा सुरक्षा चुनौती बढदै गएको छ मुख्य चोक चोकमा सिसी क्यामेरा भयो भने हामीलाई पनि सहज हुन्छ –इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने ।

उनले सिसी क्यामेरा नहुदा कुनै पनि घटनाको तत्काल पहिचान हुन कठिन हुने बताए । ‘विभिन्न घटनाहरुको हाम्रो तर्फबाट अनुसन्धान जारी छ , चाहे त्यो मोवाइल पसलमा चोरीको घटना होस वा अन्य तर बजारमा सिसी क्यामेरा जडान गरी बजारलाई सुरक्षीत गर्ने आवश्यक छ’ उनले भने । तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकाश गर्न विभिन्न अध्यन तथा तयारी भएको छ तर सिसी क्यामेरा जडानका लागि गम्भीरता भने देखाएको छैन ।

चुनावको समयमा सवै उम्मेदवारहरुले मुख्य चुनावी नारा बजारलाई सुरक्षीत गराउने र विभिन्न स्थानमा सिसी क्यामेराहरु जडान गर्ने भनेपनि एक बर्ष विति सक्दा पनि त्यता तिर ध्यान नदिएको व्यवसायीहरु बताउछन् । त्यसैगरी बजारमा केही समय पहिले जडान गरीएका सोलार लाइटहरुले पनि काम गर्न छोडेका छन् । जसले गर्द बजार असुरक्षीत बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकाले २०७५÷०७६ को निति कार्यक्रममा भने बजार व्यवस्थापन , नगर सुरक्षा र विकाशमा स्वयमसेवक परिचालनका लागि नगर प्रहरी, नगर व्रिगेड र नगर विकाश स्वयम् सेवक गठन गरी परिचालन गर्ने योजना भने अगाडी सारेको छ । ‘विभिन्न समयमा बजारमा चोरीका घटनाहरु हुने गरेका छन् तर सिसी क्यामेरा भएको भए अति सुरक्षा व्यवस्था राम्रो हुने थियो, तर यस तर्फ कुनै निकाय गम्भीर छैन् –स्थानीय व्यवसायी माधवकुमार केसीले भने । उनी जस्तै यहाँका व्यवसायीहरुले बजारको सुरक्षाका लागि चोक चोकमा सिसी क्यामेरा जडान गर्नुपर्ने माग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले हाल सिसी क्यामेरा नहुदा बजार असुरक्षीत बनेको भन्दै प्रहरी संग सहकार्य गरी यस आर्थिक बर्षमा सिसी क्यामेराहरु जडान गर्ने तयारी गरेको बताए । उनले अशुरिक्षत स्थानको पहिचान गरेर ति स्थानमा सिसी क्यामेरा राख्ने बताए । ‘हामीले आउदो आर्थिक बर्ष भित्र बजारको सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्ने योजना बनाएका छौं त्यसका लागि प्रहरी संग समन्वय गरीरहेका छौं –प्रमुख पाण्डेले भने ।
गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*