अमरराज आचार्य
दाङ, ३१ असार । जिल्लाको पर्यटकी क्षेत्रको विकास गर्ने निजी क्षेत्र अग्रसर हुन थालेका छन् । उनीहरुले जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलको खोजि गरी विकास गर्ने पहल समेत थालेका छन् । निजी क्षेत्रले यसरी पर्यटकीय क्षेत्रको पहिचान र विकासमा लागे पछि जिल्लाको पर्यटकीय क्षेत्रको विकास हुने अपेक्षा गरीएको छ । जिल्लाका धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाइ पर्यटकीय क्षेत्रको रुपमा अगाडि वढाउने गरी आफुहरु लागि परेको जिल्लाका उद्योग वाणिज्य संघहरुले जनाएका छन् ।
पछिल्लो समयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उप महानगरपालिका वडा न ३ मा रहेको चौपटा क्षेत्रमा पर्यटकीय स्थल वनाउन पहल थालेको छ । यस क्षेत्र लाइ पर्यटकीय क्षेत्र वनाउने वारेमा मन्दिर व्यवस्थापन समिती संग छलफल गरेको छ । चौपटा प्राकृतिक रुपमा पर्यटकीय स्थल समेत हो । जिल्लाका अन्य सरोकारवालाहरु तथा जिल्ला वन कार्यालय संग समेत छलफल चली रहेको उद्योग वाणिज्य संघले जनाएको छ । घोराहीको प्रवेश द्धारको रुपमा रहेको चौपटामा राम्रो पर्यटकीय स्थल वनाउन सकिने भएकाले त्यस तर्फ पहल थालेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए ।
उक्त क्षेत्रमा गोरखनाथ मन्दिरको जग्गा तथा अन्य वनको जग्गा गरी करिव ७ हेक्टरमा पर्यटकी स्थल वनाउने उद्योग वाणिज्य संघ अगाडि वढेको जनाएको छ । उक्त स्थानमा विश्राम स्थल, गेट, खानेपानी पु¥याएर पिकनीक स्पोट वनाउन सकिने अध्यक्ष भुसालले बताए । त्यसका लागि करिव १ करोड रकम लाग्ने अनुमान गरीएको अध्यक्ष भुसालले बताए । भौतिक संरचना निर्माणका लागि राज्य संग सहयोग माग गरीने बताइएको छ । घोराही लमही सडक संगै सटेको हुदा पनि यस क्षेत्रलाइ पर्यटकीय स्थल वनाउन सकियो भने आन्तरीक तथा वाहय पर्यटनको आकर्षण हुने स्थानियले बताएका छन् । मन्दिर व्यवस्थापन समितीले पनि उद्योग वाणिज्य संग लाई पर्यटकीय स्थल वनाउन आग्रह गरेको जनाएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीवहादुर वस्नेतले आफुहरुले पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि सवै क्षेत्रको सहयोग आवश्यक भएका वताए । ‘हामीले यस क्षेत्रमा विकास गर्ने सकेका छैनौ’ उनले भने ‘ त्यसैले हामीले विकास गर्नेका लागि सहमती दिएका छौ ।’ जिल्लामा पर्यटनलाइ पनि व्यवसायिक रुपमा अगाडि वढाउने सोच दाङ उद्योग वाणिज्य संघले लिएको छ । जिल्लामा अन्य व्यवसायीहरु रहे पनि पर्यटन व्यवसा भने उत्पादन हुन सकेका छैनन । जिल्ला पर्यटन व्यवसायि उत्पादन गरेर उनीहरु लाइ तालिम दिएर अगाडि वढाउनु पर्ने उद्योग वाणिज्य संघका महा सचिव नरेश कार्कीले बताए ।
‘पर्यटन क्षेत्रलाइ पनि अन्य व्यवसाय जस्तै व्यवसायिक रुपमा अगाडि वढाउन सकिन्छ भनेर वुझाउन आवस्यक छ’ महा सचिव कार्कीले भने ‘ त्यसका लागि पर्यटन व्यवसाय गर्नेलाइ तालिम तथा सचेतना दिने योजना संघले बनाएको छ ।’ पर्यटक संग कस्तो व्यवहार गर्ने, कसरी उनीहरुको मन जित्ने वारेमा जानकारी हुने र त्यसले पर्यटन क्षेत्रको विकासमा सहयोग पग्ने छ । त्यसैगरेर जिल्लामा रहेका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरुको प्याकेज वनाएर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ । जिल्लाको विकासका लागि पर्यटन क्षेत्रको महत्वपुर्ण भुमिका हुने कार्कीले बताए । ‘जिल्लाको समृद्धिको लागि पर्यटन क्षेत्रलाइ अगाडि वढाउन आवस्यक रहेको छ’ महासचिव कार्कीले भने । जिल्लामा रहेको प्याराग्लाडिङ संभावना लाइ पनि नियति वनाउन सकिएमा पनि थप पर्यटन प्रवद्र्धन गर्ने सहयोग पुग्ने अपेक्षा लिएको छ ।