Home / Feature Breaking news / सम्मानजनक जितको खोजीमा बेल्जियम र इङल्याण्ड

सम्मानजनक जितको खोजीमा बेल्जियम र इङल्याण्ड

काठमाण्ठौ,३० असार । विश्वकप फुटबलमा तेस्रो स्थानका लागि आज राति इंग्ल्याण्ड र बेल्जियम भिड्दै छन् । सेन्ट पिटर्सवर्ग रंगशालामा खेल खेल नेपाली समय अनुसार पौने ८ बजेबाट सुरु हुनेछ । सेमिफाइनल खेलमा इंग्ल्याण्ड क्रोएसियासँग २–१ ले स्तब्ध हुँदा बेल्जियम फ्रान्ससँग १–० ले पराजित भएको थियो ।

यि दुवै टिम समूह चरणको अन्तिम खेलमा भेट भएका थिए । समूह चरणको अन्तिम खेल अगाडि नै अन्तिम १६ को यात्रा तय गरिसकेको यि दुबै टोलीले उक्त खेलमा अघिल्लो चरणको बाटो सहज बनाउने उद्धेश्यस्वरुप पहिलो रोजाइका खेलाडीलाई बेञ्चमा राखेका थिए । समूह विजेताका लागि भएको खेलमा ५१ औँ मिनेटमा बेल्जियमले गोल गरेपछि इंग्ल्याण्ड पराजित भएको थियो ।

बेल्जियमसँग खेल हार्दा पनि इंग्ल्याण्डको भेट अन्तिम १६ मा कोलम्बियासँग, क्वाटरफाइनलमा स्वीडेन र सेमिफाइनलमा क्रोएसियासँग भयो । फाइनल प्रवेशका लागि भएको सेमिफाइनलमा इंग्ल्याण्ड क्रोएसियासँग स्तब्ध हुन पुग्यो । परिणाम विश्व विजेताको संघारमा पुगेको उसले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो ।
समूह विजेता बेल्जियमले अन्तिम १६ मा जापानलाई र क्वाटर फाइनलमा ब्राजिललाई हराएर सनसनीपूर्ण जीत निकाले पनि सेमिफाइनलमा नतिजा फ्रान्सलाई सुम्पियो । यही नतिजाले आज उसले तेस्रो स्थानका लागि इंग्ल्याण्डसँग खेल्नुपर्ने भयो ।

जारी रसिया विश्वकपका ६ खेलमा बेल्जियमले १४ गोल गरिसकेको छ भने इंग्ल्याण्डले १२ गोल गरेको छ । दुवै टिमले ६र६ गोल खाएका छन् ।

अहिलेसम्म २२ पटक यि टोली भेट भएका छन् । जसमा इंग्ल्याण्डले १५ खेलमा र बेल्जियम २ खेलमा बाजी मारेका छन् । ५ खेल बराबरीमा सकिएकाथिए । यि दुई टोली आज सम्मानजनक जितका लागि खेल्दैछन् ।

तेस्रो हुने टिमले २४ मिलियन डलर हात पार्नेछ भने चौथो स्थानमा चित्त बुझाउने टोलीले २२ मिलियन अमेरिकी डलर पाउने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*