Home / समाचार / बिपिलाई साक्षी राखेर सांसद शंकर गिरिले खाए कसम

बिपिलाई साक्षी राखेर सांसद शंकर गिरिले खाए कसम

सुवास डि.सी

तुलसिपुर, ११ चैत्र ।

नेपाली काङ्ग्रेसका नेता शंकर गिरिले प्रदेश नम्बर ५ को सांसदको सपथ लिए पछि आज दाङ तुलसीपुर स्थित बिपि चोकमा रहेको बिपिको शालिकमा माल्यार्पन गर्दै जनहितमा काम गर्ने कसम खाएका छन् ।

बिपिको शालिकमा माल्यार्पन गर्दै दाङ तुलसीपुर १२ कचिला निबासी सांसद गिरिले बिपिको आदर्शबाट प्रभावित भइ राजनितिमा लागेको भन्दै बिपिले देखेको सपना पूरा गर्ने मार्गमा अघि बढ्ने प्रतिबद्धताव्यक्त गरेका हुन् ।

काङ्ग्रेस प्रतिबन्धित हुदा देखि नै राजनितिमा शसक्त रुपमा लागेका गिरि एक कुशल राजनितिज्ञ र स्पष्ट बक्ताको रुपमा चर्चित छन् ।

गिरि सांसद भए  सबै राजनीतिकर्मिहरुले नेपाली काङ्ग्रेसले लामो संघर्श गरेका गिरिप्रती न्याय गरेको प्रतिक्रिया दिएका छन् । गिरिले अहिले विश्व आक्रान्त बनाइरहेको कोरोना भाइरसवाट वचन उच्च सतर्कता अपनाउन समेत सबैमा अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*