तुलसीपुर, ५ माघ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले दाङको भूमि जोगाउन थारु समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
दाङको घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुर स्थित मन्ठोरिया मेलालाई सम्बोधन गर्दै मन्त्री मास्कीले थारु समुदायले औलो जस्तो रोगलाई कठीन संघर्ष गरेर जितेर यो भूमिलाई आवदी बनाएको भन्दै थारु समुदायलाई उच्च सम्मान गर्ने बताए ।
‘यो भूमिलाई आवदी बनाएको थारु समुदायले हो’,उनले भने‘ यो समुदायको भूमिकालाई हामीले सम्मान गर्नुपर्छ।’ थारु समुदायले औलोलाई जितकै कारण अहिले सिकलसेल एनिमियाजस्ता रोगको सामना गर्नु परेको समेत बताए ।
त्यस अवसरमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिबालय सदस्य मिलन डाँगीले नारायणपुर क्षेत्रको विकासकालागि आफूले पहल लिइरहेको बताएका छन् । साथै उक्त मन्दिरकालागि पनि बजेटको पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस अवसरमा काँग्रेस नेता अभियान बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
RaptiSandesh RaptiSandesh