Home / Feature Breaking news / दाङ महोत्सवमा विविध प्रतियोगिता हुनेः विजेतालाई सुनका गहनादेखी नगद पुरस्कार

दाङ महोत्सवमा विविध प्रतियोगिता हुनेः विजेतालाई सुनका गहनादेखी नगद पुरस्कार

दाङ, २६ माघ
दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ का अवसरमा महोत्सवमा विभीन्न सांस्कृतिक प्रतीयोगीताको आयोजना गरिने भएको छ ।

महोत्सवका अवसरमा पाच नम्वर प्रदेश स्तरीय खुल्ला लोक नृत्य प्रतीयोगीता, जिल्ला स्तरीय युगल(श्रीमान श्रीमती) नृत्य प्रतीयोगीता, जिल्ला स्तरीय दंगाली तारा गायन प्रतीयोगीता, सारङगी वादन प्रतीयोगीताको आयोजना गरिएको सास्कृतिक उपसमीतीका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य मीनराज भाटले जानकारी दिनुभयो ।

जसमा खुल्ला लोक नृत्य प्रतीयोगीतामा प्रथम हुनेलाई २० हजार, द्धतिय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार सहित प्रमाणपत्र, युगल नृत्य प्रतियोगितामा आकर्षण सुनका गहना सहित प्रमाणपत्र, सारंगी वादन प्रतियोगितामा प्रथमलाई ५ हजार्, द्धतियलाई ३ र तृतीयलाई २ हजार सहित प्रमाणपत्रको व्यवस्था रहेको भाटले जानकारी दिनुभयो । यस्तै दंगाली तारा गायन प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, द्धतियलाई ३ र तृतीयलाई २ हजार पुरस्कारको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

उक्त प्रतीयोगीतामा भाग लिन इच्छुक प्रतीयोगीहरुले फाल्गुन २ गतेसम्म दाङ उद्योग वाणीज्य संघमा सम्पर्क राख्न पनि भाटले आग्रह गर्नुभएको छ । प्रतीयोगीताका विजेताहरुलाइ नगद सहित आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

यसैविच दाङ उद्योग वाणीजयसंघका सदस्य प्राथमीक उपचार उपसमीतीका संयोजक  पिताम्वर  शर्माको अध्यक्षतामा वसेको वैठकले एम्वुलेन्स चालक समीतीले महोत्सवको अवधिभर स्वास्थ्य उपसमीतीको निर्णय अनुसार प्रत्यक दिन पालो मीलाएर एम्वुलेन्स सेवा प्रदान गर्ने, एम्वुलेन्स सेवा संचालन गर्ने प्रक्रीयाको व्यवस्थापन गर्ने जिम्मा चालकसंघका सदस्य यमलाल जैशी, तुल्सीराम  विक र दिपक वुढाथोकीलाई  दिने निर्णय गरेको छ ।

महोत्सवको  मीती नजीकीदै जादाँ भौतीक निमार्णको काम लाइ थप तीव्र पारीएको महोत्सव मुलआयोजक समीतिले जनाएको छ। महोत्सव स्थल घोराही उपमहानगरपालीका वर्डा न १५ को कृर्षि सामाग्री संस्थानको  मैदानमा स्टल निमार्ण तथा मञ्च निमार्णको काम धमाधम भैरहेको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक एवं दाङ जिल्ला उद्योग वणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिनुभएको छ ।

27848358_10213750096219215_1667350321_n

दाङ उद्योग वाणीज्य संघको आयोजनामा यही फाल्गुन ३ गतेदेखी १३ गतेसम्म संचालन हुने महोत्सवको भौतीक निमार्ण कार्य करिव ८० प्रतीसत पुरा भएको भौतीक निमार्ण तथा भोजन आवास उपसमीती संयोक राम प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ।

 वाँकी वीस प्रतीसत काम फाल्गुन १ गतेभित्रमा सम्पन्न भैसक्ने भौतीक निमार्ण तथा भोजन आवास उपसमती संयोक राम प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ।

फाल्गुन ३ गतेदेखी घोराहीमा आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को प्रमुख अतीथी उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्ने महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनु भएको छ। संयोजक भुसालले  दाङमा आयोजना गरिएको  प्रदेशस्तरीय महोत्सवमा सहभागी हुन प्रदशे न ५ का सवैलाइ आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*