Home / Feature Breaking news / ज्येष्ठ नागरिकको साहरा बनेको जुत्ता पसल

ज्येष्ठ नागरिकको साहरा बनेको जुत्ता पसल

पार्वती बस्नेत
दाङ । फुलेका दाह्री, कमजोर नजर अर्थात चस्मा बिना देख्न नै सक्दैनन् । काम गर्दा पनि थरर काप्ने हातहरु भएपनि अदम्य साहसका साथ ७० बर्षीय दोजबहादुर नेपाली जुत्ता सिलाउने काम गरिरहन्छन । सल्यानको त्रिबेणी गाँउपालिका वाड नं. ४ फालाबाङ पुतली दरबार नजिकै सानो ढ्याव्लीमा जुत्ता चप्पल सिलाउदै आएका नेपालीले त्यहीबाट आम्दानी भएको पैसाले घर व्यवहार समेत चलाउने गरेका छन ।

आफ्नो पुर्खेउली पेसाका रुपमा रहेको जुत्ता सिलाउने पेसालाई घरखर्चको माध्मम समेत बताएका छन । ४ छोरा र ३ छोरीका बाबु बनेका नेपालीको घरमा अहिले छोराछोरीहरु छैनन् । उनी ६९ बर्षीया श्रीमतीसँगै लुहाममा बस्दै आएका छन । छोराछोरीहरु विवाहसँगै आफ्नै घर व्यवहारमा लागेपछि आफुहरु एक्कै बस्दै आएको उनी बताउँछन ।

साहरादिने छोराछोरी नै टाढा भएपछि अहिले जुत्ता सिलाउने व्यवसाय नै जीवन चलाउने गुजरा बनेको उनी बताउँछन । ‘जुत्ता सिलाएरै छोराछोरीहरुलाई हुर्काए, पढाए तर ठुला भएपछि उनीहरु टाढा टाढा भएँ’,उनले भने,‘त्यसैले अहिले हामी बुढाबुढी एक्लै भएका छौँ ।’ छोराछोरी भएपनि विवाह पछि कोही दाङको तुलसीपुर तँ कोही सल्यानमै छन । तर बास्ता गर्दैनन् । छोरीहरु विवाह गरेर गैसकेका छन ।

जुत्ता सिलाउने पेसामा पहिले जस्तो कमाई नहुदा समस्या समेत हुने गरेको उनी बताउँछन । पहिले जुत्ता सिलाएर राम्रो कमाई हुने गरेपनि पछिल्लो समय आधुनिकताले गर्दा कमाई हुन छोडेको उनी बताउँछन । केटाकेटीहरुका लागि छालाका नयाँ जुत्ता बनाउनेदेखि च्यातिएका जुत्ता सिलाउने काम नेपालीले गर्दै आएका छन । ‘अहिले हामीले सिलाएका जुत्ता विक्न थालेका छन, जुत्ता सिलाउन पनि कमै मान्छे आउँछन’,उनले भने,‘त्यसैले पहिले जस्तो कमाई पनि छैन, अहिले दिनभरी काम गर्दा पनि २–३ सय कमाईहुन्छ ।’

२०५१ सालदेखि सल्यानको लुहाम बजारमा जुत्ताचप्पल सिलाईको काम गर्दै आएका छन । उनले जुत्ता सिलाएरै करिव १५ रोपनी जग्गा समेत जोडेको बताउँछन । तर २०५५ सालमा सशस्त्र द्धन्द्धको समयमा लुहाम आक्रमणका क्रममा आफुले सञ्चालन गर्दै आएको ढेव्लीमा आगजनी भएपछि ठुलै क्षेती बेहोर्नुपरेको उनको भनाई रहेको छ ।

आपूmले गर्दै आएको ढेव्लीमा आगजनी भएपछि उनी केही सयम कृषि व्यवसायमा लागेको बताए । तर कृषि व्यवसाय सफल हुन नसकेपछि पुन लघुउद्यम संस्थाले जुत्ता सिलाउने मेसिन किन्नका लागि रकम उपलब्ध गराएपछि आफु पुन सिलाई व्यवसाय गर्न थालेको बताउँछन । त्यसका लागि उनले सहकारीबाट १० हजार ऋण समेत लिएको बताउँछन ।

त्यही ऋणबाट सुरु गरेको व्यवसाय अहिले बुढेसकालको साहरा बनेको छ । सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन विद्रोही पक्षबाट आफु पीडित भएपनि राज्यले भने आफुलाई कुनै पनि सहयोग नगरेको उनी बताउँछन । द्धन्द्धका क्रममा विद्रोहीले पसलमा आगजनी गरेपछि राज्यले त्यसको क्षेतीपुर्ति नदिएको उनको गुनासो रहेको छ । राज्यले सहयोग नगरेपछि आफनै मेहनतले नेपालीले परिवार पाल्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*