Home / Feature Breaking news / कांग्रेस क्षेत्र न. २ द्वारा मतदातामा धन्यवाद ज्ञापन

कांग्रेस क्षेत्र न. २ द्वारा मतदातामा धन्यवाद ज्ञापन

घोराही, २१ फागुन
नेपाली कांग्रेस क्षेत्र न. २ ले आजको मतदातमा सहभागी हुने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन अमूल्य योगदान पु¥याउनुहुने सम्पूर्ण मतदातामा नेपाली कांग्रेस क्षेत्र न.२ ले धन्यवाद ज्ञापन गरेको छ ।

ऐतिहासिक निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने आम नागरिकहरुको सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको विश्वास र प्रतिबद्धतालाई अझ मजबुत बनाएको बताउदै मतदानमा सहभागी मतदाताहरुलाई धन्यवाद दिएको हो । क्षेत्रिय सभापति एवं निर्वाचन परिचालन मूल समितिका संयोजक भिमप्रकाश खड्काले एक विज्ञप्ती जारी गर्दै सबैमा धन्यवाद दिनुभएको हो ।

‘तपाईँहरुको सहभागिताले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउनुका साथै जनताको अधिकार, अभिव्यक्ति र प्रतिनिधित्वलाई सुदृढ बनाएको छ ।’ विज्ञप्तीमा भनिएको छ– ‘निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो । जनताले आफ्नो प्रतिनिधि छान्ने यो प्रक्रियामा देखिएको उच्च जनसहभागिताले राष्ट्रको लोकतान्त्रिक संस्कारलाई अझ परिपक्व बनाएको छ । मतदाताहरुको यो जागरुकता र जिम्मेवार सहभागिताले भविष्यमा पनि लोकतन्त्रको मार्गलाई अझ सबल र सुदृढ बनाउने विश्वास लिएका छौं ।’

विज्ञप्तीमा निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन सहयोग पु¥याउनु हुने सम्पूर्ण मतदाता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा पनि धन्यवाद ज्ञापन गरिएको छ ।

साथै जनताको विश्वास र अपेक्षालाई उच्च सम्मान गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, पारदर्शिता र विकासको मार्गमा निरन्तर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दै जनताको भावना र हितलाई केन्द्रमा राखेर काम गर्ने अठोट पनि विज्ञप्तीमा व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*