Home / Feature Breaking news / २५ करोडसहित पक्राउ परेका कुसाङ लामा

२५ करोडसहित पक्राउ परेका कुसाङ लामा

प्रहरीले २५ करोड रुपैयाँबराबरको अमेरिकी डलर तथा युरोसहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का कुसाङ लामालाई सार्वजनिक गरेको छ।

लामा सोमबार राति टोखाबाट पक्राउ परेका हुन्। उनले ट्रकको सिटमुनि फल्स बटम बनाएर डलर र युरो चीन तस्करी गर्ने प्रयास गरेका काठमाडौं अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए।

प्रहरीले १३ लाख ७५ हजार एक सय ५० युरो तथा तीन लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको हो। पक्राउ परेका लामा ०७३ सालमा सुन तस्करीमा पक्राउ परेकोमा पाँच वर्ष जेल बसेर छुटेका थिए। चिनियाँ नागरिकहरूले आफूलाई सो डलर र युरो दिएको उनले सोधपुछमा बताएका छन्। तस्करीका नाइके गिरोहमाथि अनुसन्धान भइरहेको एसएसपी बस्नेतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*