Home / Feature Breaking news / पद्मोदयको पहाडी जिल्लाका सामुदायिक विद्यालयसँग शैक्षिक छलफल

पद्मोदयको पहाडी जिल्लाका सामुदायिक विद्यालयसँग शैक्षिक छलफल

दाङ, २१ साउन । घोराहीको पद्मोदय पब्लिक नमूना मावि भरतपुरले शैक्षिक तथा विद्यार्थी भर्ना अभियानअन्तर्गत पहाडी जिल्लाका सामुदायिक विद्यालयहरुसँग भेटघाट तथा शैक्षिक गुणस्तरका विषयमा छलफल गरेको छ । विद्यालयले एक समिति बनाएर साविकको राप्ती अञ्चलका जिल्लाहरुका सामुदायिक विद्यालयहरुसँग भेटघाट गरेको हो ।

विद्यालयका शिक्षक प्रभात पोख्रेलको संयोजकत्वमा रहेको शैक्षिक तथा विद्यार्थी भर्ना अभियान टोलीले सल्यान, पश्चिम रुकुम, पूर्वी रुकुम, रोल्पा, प्यूठान, जिल्लाका ४२ वटा सामुदायिक विद्यालयसँग भेटघाट गरेको थियो ।

विद्यालयमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय समितिसँग भेट गरेको अभियान टोलीले बुद्धिजीवी, पत्रकार, शिक्षाप्रेमी वर्गसँग पनि भेटघाट गरेको थियो । अभियान टोलीमा संयोजक प्रभात पोख्रेलसँगै रामसुन्दर शाह, चूडामणि रेग्मी, भेषराज पोख्रेल, महाबीर घर्ति मगर रहेका थिए ।

भेटका क्रममा पद्मोदय पब्लिक नमूना माविको शैक्षिक स्थितिका बारेमा जानकारी गराउनुका साथै शैक्षिक गुणस्तरका बारेमा जानकारी गराइएको अभियानका संयोजक पोख्रेलले जानकारी दिए । ‘सामुदायिक विद्यालयमा पद्मोदय पब्लिकको शैक्षिक गुणस्तरका कारण एसईई लगायत माथिल्लो कक्षाको रिजल्ट धेरै राम्रो छ, तर हामीले विद्यालयले गरेका राम्रो कामहरुको प्रचार गर्न सकेका थिएनौँ’, संयोजक पोख्रेलले भने– ‘यस विद्यालयले गरेका कामहरुको अनुभव आदान–प्रदान गरेर पनि पहाडी जिल्लाका सामुदायिक विद्यालयहरुले यस अभियानबाट केही सिक्नुभयो ।’

उनले विद्यालयमा विद्यार्थी कसरी धेरै विद्यार्थी भर्ना गर्न सकिन्छ भन्ने अभियानको उद्देश्य रहेको र अनुभव आदान–प्रदानले पहाडी जिल्लाका सामुदायिक विद्यालयहरुले पनि शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरे । अभियानका क्रममा पद्मोदयमा पढ्न आउने विद्यार्थीहरु कस्तो भेगबाट, कस्तो विद्यालयबाट र कुन परिवारबाट आउने रहेछन् भन्ने जानकारी विद्यालयलाई भएको उनले बताए ।

अभियानले पहाडी जिल्लाका धेरै विद्यालयहरुलाई शैक्षिक सुधार गर्ने उपायहरुका बारेमा सिकाएको छलफलमा सहभागी रोल्पाका पत्रकार दिनेश सुवेदीले बताए । ‘पद्मोदय पब्लिक मावि राप्तीकै नमूना विद्यालय हो, यस विद्यालय गरेका काम र अनुभवले रोल्पालगायत पहाडी जिल्लाहरुका विद्यालयहरुलाई यो अभियानले धेरै सिकाएको छ’, सुवेदीले भने– ‘पहाडी विद्यालयहरुले यो सिकाईलाई लागू गरेमा शैक्षिक सुधार हुनेछ ।’

अभियान टोलीले अभियानको प्रतिवेदन विद्यालयलाई बुझाएको छ । टोलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आचार्य र विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैशी र विज्ञान संकायका संयोजक गणेशदत्त भट्टलाई बुझाएको छ । प्रतिवेदन बुझ्दै विद्यालयमा प्रधानाध्यापक रामप्रसाद जैसीले राप्तीका जिल्लाका सामुदायिक विद्यालयहरुसँग नविनतम मूल निर्माणको काम अभियानले गरेको बताए ।

पहाडी जिल्लाका सामुदायिक विद्यालयहरुसँगको सम्बन्धमा नवीकरण भएको र सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको विद्यालयमा प्रधानाध्यापक जैसीले विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*