Home / Feature Breaking news / दाङबाट सुनचाँदी पसल चोरेर भागेका व्यक्ति हेटौंडाबाट पक्राउ

दाङबाट सुनचाँदी पसल चोरेर भागेका व्यक्ति हेटौंडाबाट पक्राउ

हेटौंडा,१२ साउन । दाङको घोराहीस्थित एक सुनचाँदी पसल चोरी गरेर भागेका व्यक्ति मकवानपुरको हेटौंडाबाट पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ बस्ने प्रकाश विश्वकर्माको सुनचाँदी पसल चोरी गरेर भागेका रमेस कालिराज हेटौंडा बसपार्कबाट पक्राउ परेका हुन् । रमेश हेटौंडा उपमहानगरपालिका वडानम्बर १८ का बासिन्दा हुन् ।

विश्वकर्माको घोराही उपमहानगरपालिका–१५ मा रहेको पसल यही साउन ५ गते चोरी भएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय दाङले मकवानपुर प्रहरीलाई पत्र लेखेर चोरी गर्ने व्यक्ति मकवानपुरमा हुनसक्ने भन्दै खोजतलास गरिदिन अनुरोध गरेको थियो ।

दाङ प्रहरीको आग्रहअनुसार खोजतलास गर्ने क्रममा रमेशलाई ३ किलो ९५० ग्राम बराबरका चाँदीका गहना र नगद १० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

उनको साथबाट चाँदिको पञ्चरत्न बाला, ब्रासलेट, औंठी, बाला, धातु र चाँदीका टुक्रा बरामद भएको प्रहरीले जनाएको छ । उनलाई प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङमा पठाइने मकवानपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*