Home / Feature Breaking news / दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा कांग्रेसबाट प्रविण भण्डारी उमेद्वार

दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा कांग्रेसबाट प्रविण भण्डारी उमेद्वार

घोराही, १५ चैत

दाङ निर्माण व्यवसायी संघमा नेपाली कांग्रेस प्रविण भण्डारीको नेतृत्वमा निर्वाचनमा जाने भएको छ । निर्माण व्यवसायीको छाता संगठन दाङ निर्माण व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट युवा निर्माण व्यवसायी भण्डारीको नेतृत्वमा जाने निर्णय भएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक विचारधाराका व्यवसायीहरुबीचको छलफले तिरुपाते निर्माण सेवा प्रा.लिका भण्डारीको नेतृत्वमा निर्वाचनमा जाने सर्वसहमतिमा निर्णय भएको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ को पहलमा भएको छलफबाट भण्डारीको नेतृत्वमा निर्वाचनमा जाने निर्णय भएको क्षेत्रीय सभापति भिमप्रकाश खड्काले जानकारी दिनुभयो ।

छलफलले पुराना निर्माण व्यवसायी मिनकुमार वली संयोजक रहेको निर्वाचन संयोजन तथा परिचालन समिति गठन गरेको छ । जसको सदस्यहरुमा गोपालप्रसाद घिमीरे, पदमराज शर्मा, सुरेश पोख्रेल, जितबहादुर के.सी, सिताराम के.सी, सुरज गुप्ता र हरिवंश दाहाल रहनुभएको छ । उक्त समितिले अन्य पदहरुमा उमेद्वार चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*