Home / Feature Breaking news / मावि काठेकोहलमा आइटी पढाई हुने

मावि काठेकोहलमा आइटी पढाई हुने

दाङ, ३० साउन
घोराही उपमहानगर पालिका वडा न १५ मा रहेको सरस्वती मा वि काठेकोलमा आउदो अशोज देखि ३ वर्षीय सुचना प्रविधि सम्वन्धी पढाइ हुने भएको छ ।

विद्यालयले सिटीईभिटीबाट अनुमती प्राप्त गरी पढाइ सञ्चालन गर्न थालेको विद्यालयले जानकारी दिएको छ । विद्यालयले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धनेश्वर पौडेलले विद्यालयले सिटीइभिटी बाट २०७५ साउन २८ गते अनुमती प्राप्त गरेको जानकारी दिए ।

सुचना प्रविधि सम्वन्धी पढाइ सञ्चालनका गर्ने लागेको सामुदायिक विद्यालय पहिलो पटक रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

सुचना प्रविधि सम्वन्धी पढाइ सञ्चालन गर्नेका लागि विद्यालयले पुर्वाधार समेत पुरा गरी सकेको अध्यक्ष पौडेलले जानकारी दिए ।

ल्यावहरु निर्माण पुस्तकालय, जन शक्ति व्यवस्थापन समेत सुरु गरीएको बताए । विद्यालयले सुचना प्रविधि सम्वन्धी पढाई सञ्चालन गर्नका लागि करिव २० लाख खर्च हुने अनुमान गरीएको उनको भनाइ रहेको छ ।

विद्यालयमा सुचना प्रविधि शिक्षा अध्ययनका लागि ४८ जनाको कोटा रहेको छ । सुचना प्रविधि सम्वन्धी शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरु लाई भर्ना हुन समेत विद्यालयले आग्रह गरेको छ ।

सुचना प्रविधि सम्वन्धी शिक्षा लिनका लागि ३ वर्षमा २ लाख २० हजार खर्च लाग्ने अध्यक्ष पौडेलले जानकारी दिए । यस प्रकारको शिक्षा पढेका विद्यार्थीहरु वेरोजगार हुन नपर्ने समेत विद्यालयले जानकारी दिएको छ ।

त्यस अवसरमा विद्यालयका प्रअ वशन्ता पौडेलले सवैको सहयोगले विद्यालयमा सवैको सहयोगले विद्यालय अगाडि वढी रहेको भन्दै आउदा दिनमा पनि सहयोग रहने बताइन ।

पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनको सहजिकरण शिक्षक दिपक श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*