दाङ, ३० साउन
मुलुकी अपराध संहिता तथा मुलुकी देवानी संहिताले गरेका नया ब्यबस्थाहरुको बारेमा जानकारी गराइएको छ ।
बुधवार दाङ देउखुरी जिल्ला अदालत तथा पत्रकार महासंघ दाङले संयुक्त कार्यक्रमको आयोजना गरी संहिताले गरेका नया ब्यबस्थाहरुको बारेमा जानकारी एवं छलफल गरिएको छ ।
दाङ देउखुरी जिल्ला अदालतको न्यायधिस इश्वरी प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा न्यायधिस हेमन्त रावलले संहिताको बारेमा प्रस्तुती राख्दै देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको जानकारी गराउनुभयो ।
संहितामा विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसूर निवारण र नियन्त्रण गर्न र यससम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाइएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतमले भदौ एक गतेदेखी लागु हुने संहिताले पत्रकारितामा पार्ने प्रभावबारे जानकारी गरानुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले नयाँ संहिताले पत्रकारितामा केही प्रभाव पर्न सक्ने बताउदै यसलाई संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले वाक् स्वतन्त्रतालाई कुण्ठीत पर्ने गरि आएको यो संहिताले पत्रकारितामा केही अंकुश लगाउन खोजेको हो कि भन्ने झल्को देखिएको बताउनुभयो ।
साथै उहाँले पत्रकारहरुलाई ढुक्कसँग पत्रकारिता गर्न अनुरोध पन गर्नुभयो । पूर्ण प्रेस स्वतन्त्रताले पत्रकारितालाई स्वतन्त्र बनाएकाले ढुक्क भएर पत्रकारिता गर्न उहाँको अनुरोध थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीले गर्नुभएको थियो ।