Home / Feature Breaking news / शान्तिनगर १ मा लैंगिक हिंसा विरुद्धको अभियान

शान्तिनगर १ मा लैंगिक हिंसा विरुद्धको अभियान

दाङ, २४ मंसीर

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत शान्तिनगर गाउँपालिका १ मा कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सबैको प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यकालागि ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ मनाईरहेको यस बर्षको अभियान अन्तरगत शान्तिनगर गाउँपालिका लगायत विभिन्न गैरसरकारी संघसंस्थाहरुको आयोजनामा कार्यक्रम भएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ, हेफर प्रोजेक्ट नेपाल, ओरेक, आईएनएफ, नर्सी ओभरर्सिस एड, प्राक्टीकल एक्सन, डिकोस, डिप्रोक्स नेपाल, विकास सरोकार समाज, अपांगता सशक्तिकरण केन्द्र नेपाल लगायत संघसंस्थाहरुको आयोजनामा कार्यक्रम भएको थियो ।

शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले लैंगिकता सम्बन्धी सचेतनामूलक प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले लैंगिक हिंसा अन्त्यकालागी सबै आ आफ्नो क्षेत्रबाट लागीपर्न आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा शान्तिनगर गाउँपालिका १ का वडा सदस्य पुष्कर बि.क, नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर.के.शीतलले अभियानबारे मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाका देवकी न्यौपानेले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पुष्पा शर्माले गर्नुभएको थियो ।

कार्यक्रम हुनुपूर्व विभिन्न नारा सहित ¥याली गरिएको थियो । त्यस अवसरमा देशव्यापी महिलावादी अनुपम अभियानबारे जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*